राहत र पुनःनिर्माण प्रभावकारी बनाउनुपर्छ : हरिबोल गजुरेल « Khabarhub

राहत र पुनःनिर्माण प्रभावकारी बनाउनुपर्छ : हरिबोल गजुरेल


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

पाँचथर । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव हरिबोल गजुरेलले बाढीपहिरोले अत्यधिक क्षति पु¥याएकाले राहत र पुनःनिर्माणलाई प्रभावकारी बनाइनुपर्ने बताएका छन् ।

गत असोज १० देखि १२ गतेसम्मको अविरल वर्षासँगै आएको बाढीपहिरोबाट प्रभावितस्थल निरीक्षणपछि आज फिदिममा पत्रकारसँग कुराकानी गर्दै गजुरेलले प्रभावित जनताको जीवनयापन सहज बनाउन सरकार गम्भीर बन्नुपर्ने बताए।

“यस पटक बाढीपहिरोले जनताको कुनै धनमाल र जग्गाजमिन बाँकी नराखेको देखियो । यसमा सरकारका तर्फबाट प्रभावकारी राहत प्याकेज ल्याइनुपर्छ”, उनले भने, “परम्परागत राहत वितरणले प्रभावित जनताको जीवन रक्षा हुन नसक्ने देखियो ।”

उपमहासचिव गजुरेलले बाढीपहिरोले गरेको क्षति हेरेपछि मन नअडिने अवस्था रहेको बताए । पाँचथरमा विसं २०७८, ०८० र यस वर्ष निरन्तर बाढीपहिरोले क्षति गरेकाले सरकारले विशेषरुपमा सम्बोधन गर्नु आवश्यक रहेको उनको भनाइ छ ।

पाँचथरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्बाङ अस्वस्थ भई आवाज उठाउन नसक्ने भएको तथा पाँचथरबाट सङ्घीय संसद्मा अन्य प्रतिनिधि नरहनु भएकाले यहाँको आवाज सङ्घीय सरकारले नसुनेको अनुभूति भएको उनको धारणा थियो । “यसैका लागि बाढीपहिरोले गरेको क्षतिको अवस्था हेर्न हामी आएका हौँ”, उनले भने ।

पाँचथरमा धेरै सडक पुल निर्माण, बस्ती स्थानान्तरणको आवश्यकता देखिएकाले सरकार गम्भीर भइ आवश्यक पहल थाल्नुपर्ने नेता गजुरेलको भनाइ छ । उनले विपद्बाट प्रभावित यहाँका स्थानीय तह फिदिम नगरपालिका, फालेलुङ र फाल्गुनन्द गाउँपालिकालाई ‘ख’ र ‘ग’ वर्गमा नभइ ‘क’ वर्गमा राख्न माग गरे ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ८ : ४५ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस