खुकुरी प्रहार गरी फरार दुई आरोपी पक्राउ | Khabarhub Khabarhub

खुकुरी प्रहार गरी फरार दुई आरोपी पक्राउ


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

बागमती – मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ जरुवाटोल घर भई १० टिसिएनरोड बस्ने एक युवकमाथि खुकुरी प्रहार गर्ने दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

आफ्नै डेरामा बसिरहेको अवस्थामा स्थानीय २२ वर्षीय रोनक खड्केलाई आइतबार मोटरसाइकलमा आएका तीन जनाले अश्लिल शब्द प्रयोग गरी ज्यान मार्ने उद्देश्यले टाउको, अनुहार, गर्धन तथा शरीरका विभिन्न भागमा खुकुरी प्रहार गरी घाइते बनाएका थिए ।

खुकुरी प्रहार गरी फरार रहेकाको पहिचान एवं खोजतलास गर्ने क्रममा घटनामा संलग्न रहेको आरोपमा हेटौँडा उपमहानगरपालिका–११ निवासी २९ वर्षीय विशाल तामाङ, १८ वर्षीय सनिस घिमिरेलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्याम अर्यालले जानकारी दिए।

पक्राउ परेकालाई ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको उनले बताए । सो घटनामा संलग्न थप एक जनाको खोजतलास भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  १० : ०० बजे

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु