ललितपुरमा १५ देशका वैज्ञानिकको सम्मेलन हुँदै « Khabarhub

ललितपुरमा १५ देशका वैज्ञानिकको सम्मेलन हुँदै


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १५ देशका वैज्ञानिकहरूको सहभागितामा आगामी ९ कात्तिकदेखि तीन दिनसम्म अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन हुने भएको छ। नेपाल मेटेरियल्स साइन्स सोसाइटीको आयोजनामा ललितपुरस्थित होटेल हिमालयमा सम्मेलन आयोजना हुने भएको हो।

९ देखि ११ कार्तिकसम्म सञ्चालन हुने सम्मेलनमा वैज्ञानिक, प्राध्यापक, अनुसन्धानकर्ता र विद्यार्थीले विज्ञान प्रविधि तथा आविष्कारको क्षेत्रमा भए गरेका गतिविधिबारे छलफल गर्नेछन्। सम्मेलनबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक कमिटीका संरक्षक डा. देवलप्रसाद भट्टराईले सम्मेलनले वैज्ञानिकहरूलाई भेला पारेर आआफ्ना उपलब्धि र अनुभव साटासाट गर्न लागिएको जानकारी दिए।

उनका अनुसार यो सम्मेलनमा चीन, भारत, मलेसिया, इन्डोनेसिया, जापान, अमेरिकालगायत १५ देशका वैज्ञानिक आउँछन् भने नेपालका वैज्ञानिकहरूको पनि उपस्थिति हुनेछ। सम्मेलनमा मुख्य त वातावरण र ऊर्जा क्षेत्रको विषयमा बढी छलफल हुनेछ। विश्वका अन्य मुलकहरूले शिक्षा, स्वास्थ्य, उद्योगलगायत क्षेत्रमा कस्तो विज्ञान अपनाइरहेका छन् भन्नेबारे छलफल गरिने डा। भट्टराईले बताए।

९ कात्तिकमा हुने उद्घाटन समारोहमा शिक्षामन्त्री विद्या भट्टराई पनि सहभागी हुने बताइएको छ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  १० : १७ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा