चिसो मौसममा छाला कसरी जोगाउने ? « Khabarhub

चिसो मौसममा छाला कसरी जोगाउने ?

नुहाउँदा धेरै तातोपानी हानिकारक


६ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चिसो मौसम सुरु भएसँगै छालामा विभिन्न समस्या देखिने गर्दछन्। ओठ फुट्ने, कुर्कुच्चा फुट्ने, छालामा निलो दाग देखिने जस्ता समस्याको गुनासो सुनिने गर्छ। अझ कतिपयको त अनुहार नै फुटेर सौन्दर्य नै बिगारेको हुन्छ। राम्रो देखिनलाई मात्रै नभएर हाम्रो भित्री शरीरलाई विभिन्न रोगबाट जोगाउन पनि छालाको महत्वपूर्ण भूमिका हुने भएकाले छालालाई स्वस्थ राख्न आवश्यक हुन्छ। मुख्यतया यो मौसममा सुख्खा वातावरण हुने भएकाले छालामा सुख्खापन आउँछ, त्यसैले छालालाई चिल्लो बनाइराख्नुपर्ने चिकित्सक बताउँछन्।

छालारोग विशेषज्ञ डा. ईशा पौडेल भन्छिन्, ‘चिसो मौसममा छालामा सुख्खापन आउने एकदमै कमन समस्या हो। सबै उमेर समूहमा यो समस्या देखिए पनि अलि उमेर पुगेका वृद्ध वृद्धाहरुमा त्यसै पनि चिल्लोपना कम हुने भएकाले उनीहरुमा अझ धेरै देखिने गरेको छ।’

उपचारका लागि आउने बिरामीमा पनि ओठ फुट्ने, हातखुट्टाहरु चिलाउने, सुन्निने, खुट्टा फुट्ने, शरीर चिलाउने, फंगस अर्थात् दाद आउने लगायतका बिरामीहरु धेरै आउने गरेका छन्। त्यस्तै कलेज जाने केटाकेटीहरु हात सुन्निने समस्या लिएर धेरै आउने गरेका उनको भनाइ छ।

चिसो मौसममा देखिने आम समस्या
ओठ फुट्ने
चिसो मौसम सुरु हुने बित्तिकै ओठ फुट्ने समस्या धेरैलाई हुन्छ। कतिपयको त रगत नै निस्किएको हुन्छ। सुख्खा मौसम तथा चिसो हावा चल्ने भएकाले त्यसैपनि यो समस्या बढ्छ भने त्यसैमाथि ओठ चाट्ने बानी भएको, ओठको छाला निकालिरहने व्यक्तिहरुमा अझ बढी हुन्छ।

ओठलाई जिब्रोले चलाइरहने, ओठको छालाहरु निकाल्ने काम गर्नु हुँदैन। ओठ चिल्लो बनाइराख्न घिउ, तेल लगायत चिल्लो पदार्थको प्रयोग गर्नुपर्दछ।

 

चिलाउने समस्या
एक्जीमा भनेको चिलाउने समस्या हो। यो विभिन्न कारणले हुने गर्दछ। हात खुट्टा पाखुरा लगायत शरीरका विभिन्न भागमा हुन्छ। कसैलाई पहिल्यैदेखि यो समस्या छ भने चिसो मौसममा अझ बढ्ने सम्भावना धेरै हुन्छ।

चाया पर्ने
चिसो मौसममा चायाको समस्या धेरैलाई हुने गर्दछ। यो एकप्रकारको फंगल इन्फेक्शन हो। काँइयो, तौलिया, रुमालको माध्यमबाट यो एक व्यक्तिबाट अर्कोमा सर्ने गर्दछ। यो समस्या बढ्दै गएको छ भने चिकित्सकको सल्लाह अनुसार औषधीको प्रयोग गर्नुपर्ने हुन्छ।

हात खुट्टा सुन्निने
कतिपयलाई हात खुट्टा सुन्निने निलो हुने, चिलाउने जस्ता समस्या चिसो मौसममा हुने गर्दछन्। त्यसैले चिसोबाट जोगिनका लागि मोजा, पञ्जा लगाउने गर्नुपर्दछ।

अन्य उपाय
सुख्खापन भएर फुट्ने सम्भावना धेरै हुने भएकाले छालालाई चिल्लो बनाइराख्न मोइस्चराइजर क्रिम लगाउने, क्रिम उपलब्ध नभएर घिउ तेल लगाउन सकिन्छ। धेरैलाई थाहा नहुन सक्छ जति कम समयमा नुहायो त्यति हाम्रो छालामा भएको चिल्लोपन पखालिएर जाँदैन। त्यसैले नुहाउँदा धेरै समय लाउनु हुँदैन।

धेरै तातोपानीले नुहाउँदा पनि हाम्रो छालामा सुख्खापन ल्याउने भएकाले हल्का मनतातो पानीले नुहाउनु पर्छ। सन्सक्रिमहरु लगाइरहने, घाममा बस्दा अनुहारमा घाम नपर्ने गरी ढाड फर्काएर बस्ने। चिसो मौसममा हामी पानी कम पिउँछौं, जसका कारण छाला सुख्खा हुने भएकाले आवश्यक मात्रामा दिनमा कम्तिमा तीन लिटर पानी पिउने गर्नुपर्छ। यिनै कुरामा ध्यान दिन सकियो भने चिसो मौसममा छालालाई जोगाउन सकिन्छ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार  ७ : १७ बजे

पोर्चुगल राष्ट्रपति चुनाव : कट्टर–दक्षिणपन्थी भेन्टुरा रनअफमा

एजेन्सी – कट्टर–दक्षिणपन्थी लोकप्रियतावादी दलका नेता आन्द्रे भेन्टुराले आइतबार सम्पन्न

योगेशले भने : एमालेलाई जिताउन सबै जुटौँ, ओलीसँग फागुनको चुनावपछि कुरा गरौँला

काठमाडौं– नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले एकताबद्ध भएर निर्वाचनमा जुट्न

करिब ६२ करोडको लागतमा भक्तपुर अस्पतालको भवन बन्दै

भक्तपुर– बागमती प्रदेश सरकारको सहयोगमा भक्तपुर अस्पताल परिसरमा आधुनिक एवं

अनशनरत स्वास्थ्यकर्मी र सरकारबीच पाँच बुँदे सहमति 

काठमाडौं– स्वास्थ्यकर्मीको आमरण अनशन सरकारसँगको पाँच बुँदे सहमतिपछि आइतबार साँझ

झापा पुगेका ओली बालेनबारे मौन, चुनावी सुरक्षाबारे उठाए प्रश्न

काठमाडौं- फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार हुने उम्मेदवारी