पोस्टबहादुर बोगटी सुरुङमार्ग योजना अलपत्र « Khabarhub

पोस्टबहादुर बोगटी सुरुङमार्ग योजना अलपत्र


६ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- बागमती प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा पोस्टबहादुर बोगटी सुरुङमार्गलाई प्रस्तुत गर्दै एक करोड रुपैयाँ खर्चिएर तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) दराजमा थन्किएको छ ।

तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको कार्यकालमा भीमफेदी–कुलेखानीखण्डमा पोस्टबहादुर सुरुङमार्ग निर्माण गर्न डीपीआर तयार पारिएको थियो । राजनीतिक अस्थिरताका कारण सुरुङमार्ग योजना अलपत्र छ ।

‘आर्थिक वर्ष २०७६-७७ मा सुरुङमार्गको अध्ययन गर्न र योजना अघि बढाउन बजेट विनियोजन भयो,’ बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका इन्जिनियर ज्यानेन्द्रप्रसाद पुनले भने, ‘सो सरकारको निर्णयानुसार आव २०७७-७८ मा सुरुङमार्गको अध्ययन भयो र त्यसको कार्यान्वयन गर्न आयोजना कार्यालय पनि स्थापना भयो । तर, ठेक्का लगाउने बेलामा सरकार फेरिएपछि त्यो अलपत्र छ ।’

सरकार फेरिएसँगै उक्त आयोजना अघि बढाउने वा खारेज गर्ने टुंगो नलाग्दा मन्त्रालय नै अन्योलमा परेको उनले बताए ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले स्रोतको निश्चितता नगरी आयोजना अघि बढाइएकाले अन्योल भएको बताए । ‘अन्य आयोजनाजस्तो सरल होइन सुरुङमार्ग, यो अधिक लगानी लाग्ने आयोजना हो,’ उनले भने, ‘पहिला सुरुङमार्ग बनाउन कति खर्च लाग्छ, त्यो बजेट कहाँबाट ल्याउने हो त्यसको सुनिश्चितता गर्नुपर्छ ।’

संघ र प्रदेश सरकारको संयुक्त लगानीमा मात्र सुरुङमार्ग बनाउन सकिने भएकाले त्यसका निम्ति प्रयास भइरहेको उनले बताए ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार  ९ : ४९ बजे

रुससँग डिजेल सम्झौतापछि ट्रम्प-जेलेन्स्की विवाद चर्कियो, ट्रम्पले मागे युक्रेनमा नयाँ नेतृत्व

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई हटाएर

बेत्रावतीस्थित फलाकु खोलामा सेनाले बनाएको एक्रो बेलीब्रिज सञ्चालनमा (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीका

चलचित्र ‘३६ को आँकडा’को ‘बहुलाउँछु कि क्या हो ?’ गीत सार्वजनिक

काठमाडौँ– अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’को गीत

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद, कमाउँछन् वार्षिक एक लाख ५० हजार

भोजपुर– वैदेशिक रोजगारीबाट फर्किएपछि पुनः विदेश जाने सोच बनाउने युवाका लागि

समस्याग्रस्त सहकारीका बचतकर्तालाई  विवरण अद्यावधिक गर्न आग्रह

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सम्बन्धित सहकारी संस्थाका बचतकर्तालाई