युक्रेनद्वारा फ्रान्स र बेलायतबाट प्राप्त मिसाइल रुसमाथि प्रहार | Khabarhub Khabarhub

युक्रेनद्वारा फ्रान्स र बेलायतबाट प्राप्त मिसाइल रुसमाथि प्रहार


६ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनले पहिलो पटक बेलायत र फ्रान्सले बनाएको मिसाइल रुसमा प्रहार गरेको छ । बुधवार बेलुका सो मिसाइल प्रहार गरिएको जनाइएको छ ।

मिसाइल प्रहार भएको घटनालाई बेलायती सञ्चार माध्यम तथा रोयटर्सले पुष्टि गरेका छन् । युक्रेनका रक्षा मन्त्री रुस्मत उमेरोभले सो प्रहारको घटनालाई स्वीकार गरेका छन् । यस विषयमा बेलायती रक्षा मन्त्रालय तथा फ्रान्सेली रक्षा मन्त्रालयले भने कुनै प्रतिक्रिया जनाएका छैनन् ।

‘हामी हाम्रो देशको रक्षा गर्नका लागि आवश्यक पर्ने सबै कुरा गर्न सक्छौँ । तर, सबै कुरा जानकारी गराउन हामीलाई आवश्यक लागेको छैन,’ युक्रेनी रक्षा मन्त्री उमरोभले भने ।

एक रुसी ब्लग अनुसार रुसी गाउँ मारिनोमा मिसाइलका केही टुक्रा फेला परेको छ । त्यहाँका हतियार विशेषज्ञ ट्रेभर बेलका अनुसार टुक्रा मिसाइलकै भएको पुष्टि भएको छ ।

टेलिग्राममा बुधबाट पोस्ट भएको केही भिडियोका अनुसार पनि सो मिसाइल प्रहार भएको प्रस्ट हुन्छ ।

बेलायत र फ्रान्सले तयार गरेको सो स्टर्म स्याडो मिसाइलको क्षमता २५० किलोमिटरको छ ।

अमेरिकाले दिएको तथा युक्रेनले सुरुमै प्रहार गरिसकेको मिसाइलको भन्दा त्यसको क्षमता कम छ । कस्क क्षेत्रमा रुसले लगातार आक्रमण गरेपछि युक्रेनले त्यसलाई जोगाउन सो मिसाइल आक्रमण गरेको जनाइएको छ ।

मिसाइल प्रहार गर्न यसअघि अमेरिकाले ग्रिन सिग्नल दिएको थियो । त्यस पछि नै अमेरिकाले दिएको मिसाइल मङ्गलबार प्रहार गरिएको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार  ११ : ५७ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय