नदी किनारको मापदण्डबारे सर्वोच्चको आदेशविरुद्ध प्रदर्शन (तस्बिरहरू) « Khabarhub

नदी किनारको मापदण्डबारे सर्वोच्चको आदेशविरुद्ध प्रदर्शन (तस्बिरहरू)


६ मंसिर २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतको आदेशविरुद्ध बिहीबार पनि काठमाडौंमा प्रदर्शन गरिएको छ ।

भूमि अधिकार संरक्षण संघर्ष समिति र गैर न्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले जनतालाई उठिबास गर्ने गैर न्यायिक सडक तथा खोला मापदण्ड खारेज मागसहित दबाब र्‍याली निकालेको हो ।

समितिले कुपण्डोल पुलमुनिबाट कंकेश्वरि (कंग अजिमा) मन्दिर परिसर ईनाटोलमा भेला भएर जुलुस माइतीघर मण्डलसम्म लगेको छ । जुलुसमा राजेन्द्र महतो नेतृत्वको राष्ट्रि मुक्ति क्रान्तिका नेता सुमन सायमीसहित सहभागी थिए ।

न्यायाधीश डा. आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासले ३ पुस २०८० मा गरेको फैसलाको पूर्णपाठ २०८१ साउनमा आएयता राजधानी उपत्यका तरंगित छ ।

जसमा वास्तविक सुकुम्बासीको स्थानान्तरण गरेर नदी किनारका सरकारी जग्गा खाली गर्न भनिएको थियो ।

त्यसपछि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले पटक-पटक डोजर लगेर बस्ती भत्काउन पुगेका थिए । तर अदालतकै आदेशका कारण साहको प्रयास सफल भएको छैन।

२०६८ वैशाख ९ गते दायर भएको रिटमा २०८० पुसमा फैसला भएको थियाे। फैसलाको पूर्ण पाठ सार्वजनिक भएपछि महानगरपालिकाले ४० मिटर क्षेत्र खाली अभियान थालेपछि आन्दोलन पनि चलिरहेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहिबार  १२ : ३८ बजे

राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज