अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसद्‍मा पेश « Khabarhub

अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसद्‍मा पेश


६ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अस्ट्रेलियाको संसद्को तल्लो सदनमा एउटा विधेयक पेश भएको छ । यसअन्तर्गत १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाउने प्रस्ताव गरिएको छ । यो विधेयक बिहीबार पेस भएको हो ।

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले भने, ‘यो प्रतिबन्ध एक्स, टिकटक, फेसबुक र इन्स्टाग्राममा हुनेछ। यो सामाजिक सञ्जालको हानिबाट बालबालिकालाई बचाउनको लागि हो ।’

अष्ट्रेलियाको नयाँ कानूनले यस्तो प्रतिबन्धको लागि एक रूपरेखा प्रदान गर्नेछ । यो १७ पृष्ठको विधेयक अर्को हप्ता अष्ट्रेलियाको सिनेटमा पेश हुने बताइएको छ । अष्ट्रेलियामा धेरै अभिभावकहरूले यो पहललाई स्वागत गरेका छन् ।

तर, धेरै विज्ञहरूले यस विषयमा पनि प्रश्न उठाइरहेका छन् । केटाकेटीलाई सामाजिक सञ्जालबाट टाढा राख्ने र त्यसबाट रोक्न सम्भव छ कि छैन भन्नेमा अहिले बहस चलिरहेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार  १ : २२ बजे

टाइगर कप भलिबल : पुरुषतर्फ उपाधिका लागि आज गण्डकी र पर्वत भिड्ने

पोखरा– छैटौँ संस्करणको टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधिका लागि

आन्तरिक राजस्व कार्यालय भैरहवाको राजस्व उल्लेख्य वृद्धि

रूपन्देही– आन्तरिक राजस्व कार्यालय भैरहवाले चालु आर्थिक वर्ष २०८२–०८३ को

सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

झापा– झापाको मेचीनगर नगरपालिका– ६ स्थित मेची पुलमा भारतबाट नेपाल

आदर्श कप फुटबल प्रतियोगिताको उपाधि होराइजन क्लब वालिङ्गलाई

कास्की– स्याङ्जाको होराइजन क्लब वालिङ्गले २६औँ आदर्श कप फुटबल प्रतियोगिता

सुन्तला बिक्रीबाट बागलुङमा करिब २७ करोडको आम्दानी

बागलुङ– यस वर्ष बागलुङमा २६ करोड ९० लाखको सुन्तला उत्पादन