जग्गा भाडामा लिएर कृषि गर्नेलाई गाउँपालिकाको अनुदान « Khabarhub

जग्गा भाडामा लिएर कृषि गर्नेलाई गाउँपालिकाको अनुदान


६ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

तम्घास– गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले जग्गा भाडामा लिएर कृषि गर्ने किसानलाई जग्गाको भाडाबापतको रकम तिरिदिने भएको छ । 

चालु आर्थिक वर्ष २०८१-८२ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार गाउँपालिकाले भाडामा लिने जग्गाको ५० प्रतिशत अनुदान दिने निर्णय गरेको हो। 

जग्गाबापतको अनुदान प्राप्त गर्नका लागि किसानले कृषि फर्म दर्ता गरी कम्तीमा पनि १५ रोपनी जग्गा लिएको हुनुपर्ने, भाडामा लिएको जग्गाको कम्तीमा ८० प्रतिशत जग्गामा खेती गरेको हुनुपर्ने, एक वर्षे वा सोभन्दा कम अवधिको बाली लगाउने भए कम्तीमा पाँच वर्ष र बहुवर्षीय खेतीका लागि कम्तीमा १५ वर्षका लागि जग्गा लिएको हुनुपर्ने मापदण्ड गाउँपालिको बनाएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए। 

अनुदान लिन चाहाने किसानले भाडामा अनुदान उपलब्ध गराउनेसम्बन्धी कार्यविधि २०८० को परिच्छेद २ को दफा ५ बमोजिम व्यक्तिगत निवेदन, जग्गाधनी दर्ता प्रमाणपुर्जा, नागरिकताको प्रतिलिपि तथा भाडा सम्झौताको प्रतिलिपि, फर्म दर्ता र कर चुक्ता प्रमाणपत्रसहित पालिकामा आवेदन दिन सकिने उनले बताए। 

गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले पालिकालाई कृषिबाटै आत्मनिर्भर बनाउने उद्देश्यले जग्गाको भाडाबापतको अनुदान दिने निर्णय गरिएको बताए।

‘कृषिबाट रोजगारी सिर्जना गर्ने उद्देश्य छ’, अध्यक्ष ज्ञवालीले भने। अहिले रुरुक्षेत्रका कृषिजन्य सामग्री पाल्पामा बिक्री हुँदै आएका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार  १ : २९ बजे

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

मन्त्री गुप्ताले भने : अफवाह र अनर्गल आरोपबाट देशको भलो हुँदैन

काठमाडौं – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो अमेरिका

कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८

एनआरएनएले भन्यो : मन्त्री गुप्तालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको हो

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युवा तथा खेलकुद मन्त्री