एक महिनामा थपिए ३ लाख ३१ हजार वालेट प्रयोगकर्ता  « Khabarhub

एक महिनामा थपिए ३ लाख ३१ हजार वालेट प्रयोगकर्ता 


६ मंसिर २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा प्रविधिको प्रयोग बढेसँगै विभिन्न अनलाइन पेमेन्ट सिस्टमहरु प्रयोग गर्ने प्रयोगकर्ताहरू पनि बढ्दै गएका छन् ।

चालु आर्थिक वर्षको असोज महिनामा मात्रै ३ लाखभन्दा बढी  वालेट प्रयोगकर्ता थपिएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार एक महिनाको अवधिमा ३ लाख ३१ हजार ६ सय ९ जना प्रयोगकर्ता थपिएका हुन् । नेपालमा अहिलेसम्म वालेट प्रयोगकर्ताको सङ्ख्या भने २ करोड ४५ लाख ९६ हजार ९० पुगेका छन् । 

वालेटबाट मात्रै एक महिनामा २ करोड ८९ लाख २५ हजार ४ सय ३४ पटक कारोबार भएको छ । यस्तै मोबाइल बैंकिङ प्रयोग गर्नेको सङ्ख्या पनि बढ्दो रहेको छ । भदौसम्ममा २ करोड ५२ लाख १ हजार १ सय २२ मोबाइल प्रयोगकर्ता रहेकोमा असोजमा भने ३ लाख १७ हजारले बढेर २ करोड ५५ लाख २४ हजार १ सय ८९ पुगेको छ । यस्तै, इन्टरनेट बैंकिङ प्रयोग गर्ने प्रयोगकर्ता पनि असोजमा ३९ हजार ७ सय ७ जना थपिएका छन् । 

यस्तै कनेक्ट आइपीएस प्रयोग गर्नेको सङ्ख्या पनि असोजमा १२ हजार ३ सय १९ ले थपिएर १२ लाख २७ हजार ४ सय ६७ पुगेको छ ।  यस्तै, एक महिनामा डेबिड कार्ड प्रयोग गर्नेको सङ्ख्या पनि ६४ हजार ३ सय ३४ थपिएको छ । योसंगै अहिलेसम्म डेबिड कार्ड प्रयोग गर्नेको सङ्ख्या १ करोड ३१ लाख ६१ हजार ४ सय ५९ पुगेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहिबार  १ : ३७ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया