एलजीको नानोसेल टिभी सार्वजनिक « Khabarhub

एलजीको नानोसेल टिभी सार्वजनिक


६ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चौधरी ग्रुपअन्तर्गत नेपालमा एलजी उत्पादनका आधिकारिक आयातकर्ता तथा वितरक सिजी इलेक्ट्रोनिक्सले ४३ इन्च, ५५ इन्च र ६५ इन्चका साइजमा नयाँ एलजी नानोसेल टिभी सार्वजनिक गरेको छ ।

यो नयाँ टिभीले नेपालमा पाउने एलजीको उन्नत टेलिभिजन मोडेलहरूको दायरा बढाएको कम्पनीको भनाइ छ ।  जसमा ३२” देखि ८६” सम्मका ओएलईडी टिभी, क्युएनईडी टिभी, युएचडी टिभी र स्मार्ट टिभीहरू समावेश छन् ।

कम्पनीका अनुसार यस एटिभीमा विशेष नानोसेल लेयर प्रयोग गरिएको छ, जुन प्रविधिले उन्नत रङको शुद्धताका साथ तस्बिरको गुणस्तरमा क्रान्ति ल्याएको छ। यसको न्यानोपार्टिकल्सले सुस्त टोनहरू फिल्टर गरेर तीक्ष्ण टोनहरूबाट गहिरो, जीवन्त रङहरू प्रदान गर्दछ ।

यस टिभीले नेपाली बजारमा नवीनतम स्मार्ट टेक्नोलोजी पनि ल्याएको छ जसमा वेबओएस २४, एलजी थिनक्यू र अमेजन अलेक्सा, एप्पल एयरप्ले आदि जस्ता प्लेटफर्महरू सपोर्ट गर्ने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार गेम अप्टिमाइजर, इन्टेलिजेन्ट भ्वाइस रिकग्निसन र म्याजिक रिमोट जस्ता अतिरिक्त सुविधाहरूका साथ यी टिभीहरूले आधुनिक नेपाली घरपरिवारको विविध आवश्यकताहरू पूरा गर्दछ । एलजी नानोसेल टिभीले वेबओएस रेन्यु प्रोग्राम पनि प्रदान गर्दछ जसले टिभी खरिद गरेपछि पाँच वर्षसम्म वेबओएस अपग्रेडहरू प्राप्त गर्ने सुनिश्चित गर्दछ ।

सीजी इलेक्ट्रोनिक्सले नो कस्ट इएमआई सेवा, एक्सचेन्ज सेवा, कम्पनीको २-१-१ नीतिमार्फत बिक्री पछिको सेवा र तीन वर्षको पुरा वारेन्टीसमेत दिने कम्पनीले जनाएको छ ।

यस बाहेकका विभिन्न फिचर भएका उक्त टिभी ग्राहकले एलजी शपि स्टोरहरू, सीजी डिजिटल स्टोरहरू, इ-कमर्स साइट cgdigital.com.np र नेपालभरि विस्तृत डिलर नेटवर्क मार्फत खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार  १ : ४३ बजे

लागूऔषध गाँजासहित सीमा क्षेत्रबाट दुईजना नियन्त्रणमा

वीरगन्ज– सशस्त्र प्रहरी बल, नेपाल १३ नम्बर गण पर्साले प्रतिवन्धित

खुकुरी देखाएर धम्क्याउँदै कुटपिट गर्ने पाँच जना पक्राउ

कञ्चनपुर– कञ्चनपुरमा खुकुरी देखाएर धम्क्याउँदै कुटपिट गरेको आरोपमा प्रहरीले पाँच

खगेन्द्र सुनारबारे संसदीय छानबिन गर्न एमालेको माग

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रास्वपा सांसद खगेन्द्र

एनसेल र सामसङबीच सहकार्य, ग्राहकलाई घरायसी विद्युतीय उपकरणमा ३१ प्रतिशतको छुट

काठमाडौं– एनसेलले सामसङ नेपालसँग सहकार्य गर्दै ग्राहकलाई सामसङका घरायसी विद्युतीय उपकरणहरूमा

रियाद विमानस्थलमा हुथी आक्रमणपछि साउदी अरबद्वारा हवाई रक्षा प्रणालीमाथि अनुसन्धान

एजेन्सी– साउदी अरबले राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको