पूर्वाञ्चल विश्वविद्यालयको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन हुँदै « Khabarhub

पूर्वाञ्चल विश्वविद्यालयको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन हुँदै


६ मंसिर २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

विराटनगर– पूर्वाञ्चल विश्वविद्यालयले यही मङ्सिर २१ र २२ गते बालविकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । विश्वविद्यालयअन्तर्गत शिक्षाशास्त्र  संकायको आयोजनामा नेपालमा पहिलो पटक ‘प्रारम्भिक बालविकास इकोसिस्टम परिकल्पना’ विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन विराटनगरमा हुने भएको हो ।

बिहिबार आयोजित पत्रकार सम्मेलनमा शिक्षाशास्त्र संकायका डीन प्रा.डा अनिलकुमार पोखरेलले सम्मेलनमा नेपाल, अमेरिका, मलेसिया, भारत, बङ्गलादेशलगायत १५ भन्दा बढी देशका प्राज्ञ, नीति निर्माताहरू, अनुसन्धानकर्ता तथा विद्यार्थीहरूको सहभागिता रहने जानकारी दिए। सम्मेलनमा बालविकासका क्षेत्रमा प्राज्ञिक बहस र विमर्श गराउने उद्देश्य राखिएको उनले बताए।

बालबालिका लक्षित नीति, विशेष आवश्यकता भएका बालबालिकाको हेरचाह, बालविकासका क्षेत्रमा आवश्यक जनशक्ति, पेसागत विकास र नैतिकता, जलवायु परिवर्तन र त्यसले बालबालिकालाई परेको प्रभाव, बालबालिकाको पोषण तथा यसले बालविकासमा पारेको प्रभाव, प्रारम्भिक बाल्यकाल विकासमा नवप्रवर्तनलगायत विषयमा ४० भन्दाबढी सहभागीले आफ्नो अध्ययन, अनुसन्धान प्रस्तुत गर्ने कार्यक्रम तालिका रहेको पोखरेलले जानकारी दिए। 

सम्मेलनमा विभिन्न देशका विशिष्ट व्यक्तिहरूबाट बालबालिकासम्बन्धी विविध कार्यशालामा उनीहरूको सर्वाङ्गीण विकासका अवसरहरूको गुणस्तर र पहुँच, सुधार एवं सुनिश्चित गर्ने विषयमा बहस केन्द्रित हुनेछ । 

डीन पोखरेलले भने, ‘सम्मेलनमा प्रस्तुत भएका कार्यपत्र एवं कार्यशालाहरूबाट विश्वविद्यालयले भविष्यमा शिक्षाशास्त्र संकायअन्तर्गत रहने गरी इसिडीसम्बन्धी अध्ययनरअनुसन्धान गर्ने केन्द्र सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।’ 

सम्मेलनले बालविकासका क्षेत्रमा नयाँ एवं समाजको आवश्यकता अनुसारका स्नातक, स्नातकोत्तरलगायत विशेष कार्यक्रमहरूको पहिचान गर्न र सो अनुरुप कार्यक्रम थप गर्न सघाउ पुग्ने विश्वविद्यालयले विश्वास लिएको छ । 

विश्वविद्यालयले काठमाडौँ महानगरपालिका, विराटनगर महानगरपालिका, नविल बैंक, प्लान इन्टरनेशनल, सेभ द चिल्ड्रेनलगायत विभिन्न सङ्घसंस्थाहरूसँग सहकार्य गरेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहिबार  २ : ४० बजे

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म