कृषि विकासका रणनीति परिमार्जन गर्नुपर्छ : मन्त्री अधिकारी « Khabarhub

कृषि विकासका रणनीति परिमार्जन गर्नुपर्छ : मन्त्री अधिकारी


६ मंसिर २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि  तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि विकास रणनीतिलाई  समय अनुकुल परिमार्जन गर्न जरुरी रहेको बताएका छन् । 

मुलुक सङ्घीयतामा जानू अघि लागू गरिएको रणनीतिलाई संघीयता अनुकुल परिमार्जन गरिनुपर्छ मन्त्री अधिकारीले भने । 

कृषि विकास रणनीति कार्यान्वयन समीक्षा र परिमार्जनका लागि  बिहीबार काठमाडौंमा आयोजित अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले जिविकोपार्जनका लागि कृषि कर्म गर्नेहरूलाई पनि व्यवसायिक कृषिमा ल्याउन सक्ने गरि कृषि विकासको  रणनीति परिमार्जन आवश्यक रहेकोमा जोड दिए।

 मन्त्री अधिकारीले संघीयता लागू भइसकेपछि कृषिको  प्राविधिक क्षमतामा विकास हुनुपर्ने  अपेक्षा थियो तर किसानले  आवश्यकतामा  समयमै कृषि प्राविधिक पाउन सकिरहेका छैनन् भने । कृषि क्षेत्रमा बजेट धेरै देखिए पनि अनुदान र मल खरीदमा खर्च हुने गरेकाले कृषिको समग्र विकासका लागि कृषि क्षेत्रमा थप बजेट आवश्यक रहेकोमा पनि मन्त्री अधिकारीले जोड दिए । 

२०७२ देखि लागू भएको कृषि विकास रणनीति हाल परिमार्जनको चरणमा रहेको छ। रणनीति परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालाहरूबीच छलफल गरि सुझाव लिएको छ । पूर्व-सचिव गणेशराज जोशीको संयोजकत्वमा रणनीति परिमार्जनका लागि विज्ञ समुहले कार्य गरेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहिबार  २ : ५१ बजे

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित