३१ अंकले घटेर २६८० विन्दुमा झर्‍यो नेप्से, कारोबार कति ? « Khabarhub

३१ अंकले घटेर २६८० विन्दुमा झर्‍यो नेप्से, कारोबार कति ?


६ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३१.३१ अंकले घटेको छ । नेप्से १.१५ प्रतिशतले घटेर २६८०.४४ विन्दुमा आएको हो । आज ८ अर्ब २५ करोड ५७ लाख ४३ हजार रुपैयाँ बराबरको १ करोड ८४ लाख ७४ हजार २४ कित्ता शेयर कारोबार भएको छ । 

प्रि–ओपन सेसनमा समेत झिनो अंकले घटेको नेप्सेमा आज ४३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १९४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३१४ कम्पनी कारोबारमा आउँदा ८४ हजार ८५८ पटक शेयर किनबेच भएको छ । 

यस्तै २ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा जानकी फाइनान्सको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । १३ वटा समूहमध्ये सबै समूह राताम्य भएको छ । सबैभन्दा बढी फाइनान्स समूह २.८६ प्रतिशतले घटेर ३ हजार ५६९.४३ विन्दुमा पुगेको छ । 

आज सबैभन्दा कम म्यचुअल फण्ड समूह ०.१९ प्रतिशतले घटेर २१.९१ विन्दुमा पुगेको छ । यता, वाणिज्य बैंक ०.९० प्रतिशतले, विकास बैंक १.४७ प्रतिशतले, होटल तथा पर्यटन १.७३ प्रतिशतले, हाइड्रोपावर ०.९० प्रतिशतले, लगानी ०.९० प्रतिशतले, जीवन बीमा १.३६ प्रतिशतले, उत्पादन तथा प्रशोधन १.५४ प्रतिशतले, लघुवित्त ०.६८ प्रतिशतले, निर्जीवन बीमा १.१६ प्रतिशतले, ट्रेडिङ ०.९८ प्रतिशतले र अन्य समूह १.६१ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार  ३ : २१ बजे

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ भने दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित