सहकारी प्रकरण- काठमाडौंमा छविलाल जोशीको बयान थालियो « Khabarhub

सहकारी प्रकरण- काठमाडौंमा छविलाल जोशीको बयान थालियो


६ मंसिर २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारी ठगी प्रकरणमा मुछिएका गोर्खा मिडिया नेट्वर्कका तत्कालीन उपाध्यक्ष एवम् पूर्वडीआईजी छविलाल जोशीको बयान जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा थालिएको छ ।

कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको आरोप लागेका जोशीलाई बयानका लागि पोखराबाट काठमाडौं ल्याइएको थियो । उनलाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराएर बयान लिन थालिएको हो।

केही दिनअघि जोशीविरुद्ध कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन गरेको आरोपमा अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

यसअघि सुप्रिम सहकारीको बचत हिनामिनाको आरोपमा जोशीलाई बयानका लागि रूपन्देही लगिएको थियो । जोशी असोज ६ गते काठमाडौंबाट पक्राउ परेका थिए ।

स्वर्णलक्ष्मीको रकम अपचलनमा कुमार रम्तेलको बयानपछि जोशीलाई बयानका लागि काठमाडौं ल्याइएको हो । रम्तेललाई भने पोखरा फिर्ता गरिसकिएको छ ।

सोही प्रकरणमा कास्की हिरासतमा रहेका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई पनि बयानका लागि काठमाडौं ल्याउने तयारी छ ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहिबार  ४ : ०४ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली