ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाल प्रहरी नियन्त्रणमा « Khabarhub

ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाल प्रहरी नियन्त्रणमा


६ मंसिर २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपाललाई बिहीबार दिउँसो काठमाडौंको शान्तिनगरबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेपालले भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई कालो झन्डा देखाउने तयारी गरेकाले प्रहरीले नियन्त्रणमा लिएको बुझिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार नेपाललाई पक्राउ गरिएको नभई ‘होल्ड’ मात्रै गरिएको हो ।

नेपालले पनि खबरहबसँग कुरा गर्दै आफूलाई प्रहरीले नियन्त्रणमा लिएको पुष्टि गरेका छन् ।

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले नेपालका दुई छिमेकीसँग समान सम्बन्ध कायम राख्न माग गरेको थियो ।

अध्यक्ष नेपालले भारतका सेनाध्यक्षलाई मात्रै नभएर चिनियाँ सेनाध्यक्षलाई पनि मानार्थ महारथीको दर्ज्यानी दिनुपर्ने माग बुधबार राखेका थिए ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहिबार  ४ : १२ बजे

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले