उपत्यकामा तीनजनाको शव भेटियो « Khabarhub

उपत्यकामा तीनजनाको शव भेटियो


६ मंसिर २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकामा आज तीन जना मृत भेटिएका छन् । काठमाडौँमा दुई र ललितपुरमा एक जना मृत भेटिएका प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। 

उनका अनुसार नुवाकोट ककनी गाउँपालिका–६ घर भएका २८ वर्षीय भोला पाठक काठमाडौँ महानगरपालिका–१६ माछापोखरी वसन्तनगरस्थित क्यासिकल होटलमा आज मृत अवस्थामा फेला परेका छन् । 

आजै काठमाडौँ–१६ माछापोखरी मितेरी पुल नजिकै खाली जग्गामा रहेको पुरानो ठेलामाथि नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष मृत भेटिएका प्रहरी नायब महानिरीक्षक कार्कीले बताए। 

त्यस्तै, ललितपुर महानगरपालिका–२५ स्थित नख्खु खोलामा नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । 

तीनवटै शवलाई परीक्षणका लागि अस्पताल लगिएको बताउँदै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहिबार  ४ : ४७ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस