कांग्रेस-एमाले गठबन्धन समयको माग, भाजपा समर्थन गर्छ : विजय जोली « Khabarhub

कांग्रेस-एमाले गठबन्धन समयको माग, भाजपा समर्थन गर्छ : विजय जोली


६ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय जनता पार्टीका नेता डा. विजय जोलीले नेपालमा बनेको कांग्रेस-एमाले सत्ता गठबन्धनलाई नेपालका लागि समयको माग भनेर टिप्पणी गरेका छन् ।

रिपोटर्स क्लबले बिहीबार काठमाडौंमा गरेको साक्षात्कारमा उनले कांग्रेस–एमाले सत्ता गठबन्धनलाई आफ्नो पार्टीको समर्थन रहनेसमेत बताएका ।

‘आजको सन्दर्भमा नेपालको भलाइका लागि, नेपालको विकास र बढोत्तरीको लागि कांग्रेस-एमाले गठबन्धन चलिरहेको छ’, उनले भने, ‘यो वैश्विक शान्ति, आर्थिक समृद्धि र यहाँका युवाको सशक्तिकरणको लागि अहिलेको समयमा बेस्ट कम्बिनेशन हो । हामी यसमा समर्थन गर्छौं ।’

उनले नेपालको आन्तरिक मामिलामा भारतले कहिल्यै हस्तक्षेप नगरेको दाबीसमेत गरेका छन् । प्रधानमन्त्री ओलीको आशन्न चीन भ्रमण र बीआरआई परियोजनाबारे जोलीले यो नेपालको निर्णय भनेर टिप्पणी गरेका छन् ।

‘भारत नेपालको आन्तरिक सम्बन्धमा हस्तक्षेप गर्छ भन्ने आरोप छ । यो तथ्य ठीक होइन । भारतमा कोही आएर भन्यो भने हामीले सुन्नुपर्छ’, उनले भने, ‘तर, निर्णय नेपालको तन्त्रको हो, नेपालको सरकार र नेपाली जनताले निर्णय लिने हो । नेपाल शसक्त र बलियो रहे भारतले पनि आफूलाई मजबुत सम्झिनेछ ।’

नेपालका प्रधानमन्त्रीले कुन देश भ्रमण गर्ने भन्नेमा उनकै निर्णय हुने भन्दै त्यसलाई आफूले सम्मान गर्ने उनले बताए । उनले हरेक देशले आफ्नो स्वार्थको लागि कूटनीतिक रुपमा हात मिलाउने गरेको सुनाए ।

‘हामीले धेरै वर्षदेखि पढेका, सुनेका छौँ। नेपालमा जहिले राज्यसत्ता परिवर्तन हुन्छ, नेपालका प्रधानमन्त्रीले सुरुमा भारतको भ्रमण गर्छन् । नेपालका प्रधानमन्त्री चीन, भारत र अमेरिका वा फ्रान्स र जर्मनी जाए, हामी उनीहरूको निर्णयको स्वागत गर्छौँ’, उनले भने, ‘भारतले कहिल्यै पनि छिमेकी देशलाई ऋणमा बाँध्ने कोशिश गरेको छैन । मलाई आशा छ–नेपालका प्रधानमन्त्री आफ्नो गठबन्धनसँग मिलेर बीआरआईबारे सम्झौता गर्नुहुन्छ, मलाई आशा छ त्यो नेपालको हितमा हुनेछ । आज उहाँ चीन जाँदै हुनुहुन्छ, भोलि भारत आउँदा हामी स्वागत गर्छौं ।’

नेता जोलीले नेपाल र भारतबीच रहेका सीमा विवाद पनि सरकारी, राजनीतिक र कूटनीतिक तहको सम्वादबाट हल गरिनुपर्नेमा जोड दिए । सीमा विवाद हल गर्न भारत सधैँ तयार रहेको उनको भनाइ छ ।

तर, नेपालमा भारतविरोधी भावना सिर्जना गर्न केही विषय उठाइने गरेकोमा उनले गुनासो पोखे । भारत सरकारले नेपालको जहिल्यै पनि हित चाहेको सुनाए ।

कुनै पनि मुलुकले आफ्नो पैसामा विवादित क्षेत्रको नक्सा समावेश गरेको नदेखेको भन्दै उनले नेपालले पछिल्लो समय आफ्नो एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राखेकोमा गुनासो गरे ।

‘मैले ९४ देशको भ्रमण गरेको छु, कुनै पनि देशको पैसामा विवादित क्षेत्रको नक्शा समावेश गर्ने सरकारी पहल भएको देखेको छैन । भारत र नेपालबीचको सम्बन्ध अझै प्रगाढ बढाउन जुन मुद्दामा हाम्रो गतिरोध छ, हाम्रो त चीनसँग पनि गतिरोध छ । बंगलादेशसँग पनि थियो, वातचित र सम्वादको माध्यमबाट गतिरोध कम भएको छ’, उनले भने ।

उनले नेपालसँगको सिमा विवाद समाधानको लागि ‘अभोईड कन्टोभर्सियल इस्युज एण्ड रिजल्भ थु्र डायलग’ को नीति अख्तियार गर्नुपर्ने धारणा राखे ।

जोलीले आफू भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख भइसकेको नाताले लामो समयदेखि नेपाल आवातजावत गर्ने गरेको स्मरण गराएका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार  ४ : ५२ बजे

साउनको अन्तिम सोमबार : पशुपतिनाथमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– साउन महिनाको अन्तिम सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा

प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

लमजुङ– कलकल बग्ने मर्स्याङ्दी नदी, हरियाली डाँडाकाँडा, हिमाली दृश्य, तातोपानीका

धागोबाट सृजना, आत्मनिर्भर बन्दै आमाहरू

दाङ– दाङको बङ्गलाचुलीकी सुमिला नेपाली घोराही बसेर छोरी पढाउँदै आएकी

चितवनको खैरहनीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन – पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका–०१ स्थित शाहीचोकमा बसको

गाजासम्बन्धी ट्रम्पको १५ बुँदे प्रस्ताव इजरायलले गर्‍यो अस्वीकार

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा