नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज | Khabarhub Khabarhub

नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज


६ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली यू-१९ क्रिकेट टिमले भारतको कर्नाटकाको यू-१९ टिमविरुद्धको सिरिज ३-२ ले जितेको छ ।

बिहीबार टीयू क्रिकेट मैदानमा सम्पन्न सिरिजको अन्तिम खेलमा नेपालले कर्नाटकालाई ७ विकेटले पराजित गर्दै सिरिज ३(-२ ले जितेको हो । कर्नाटकाले दिएको १९१ रनको लक्ष्य पछाएको नेपालले ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

यस सिरिजमा पहिलो र चौथो खेल कर्नाटकाले जितेको थियो भने दोस्रो र तेस्रो खेल नेपालले जितेको थियो । अब नेपाली यू-१९ नेपाली टिमले नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म हुने यू-१९ एशिया कप खेल्दै छ । एशिया कपमा नेपाल समूह बी मा रहेको छ । नेपाल रहेको समूहमा श्रीलंका, बङ्गलादेश र अफगानिस्तान रहेका छन् ।

त्यस्तै समूह ए मा भारत, पाकिस्तान, जापान र युएई रहेका छन् ।  हरेक समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । नेपालले आफ्नो पहिलो खेल नोभेम्बर २९ तारिखमा श्रीलंकासँग, दोश्रो खेल डिसेम्बर १ तारिखमा बंगलादेशसँग र तेश्रो खेल डिसेम्बर ३ तारिखमा अफगानिस्तानसँग खेल्ने भएको छ । 

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार  ४ : ५६ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको