पाकिस्तानमा साम्प्रदायिक झडप, ३८ जनाको मृत्यु « Khabarhub

पाकिस्तानमा साम्प्रदायिक झडप, ३८ जनाको मृत्यु


६ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा भएका दुई आक्रमणमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ । मत्यु हुनेमा अधिकांश महिला तथा बालबालिका रहेको अधिकारीहरूले बिहीबार बताएका छन् ।

शिया समुदायका दुई अलग–अलग समूहलाई कुर्रम जिल्लामा आतंककारीहरूले निशाना बनाएका प्रहरीले बताएको छ । 

‘दुवै घटनामा गरी महिला र बालबालिकासहित कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्,’ स्थानीय प्रशासनका वरिष्ठ अधिकारी जावेदउल्लाह महसुदले एएफपीसँग बताए।

उनले भने, ‘प्रारम्भिक रिपोर्टअनुसार मृतक छ जना महिला, केही बालबालिका र प्रहरी अधिकारी रहेको पुष्टि भएको छ । दुवै घटनामा करिब १० जना आक्रमणकारीको संलग्नता रहेको र सडकको दुवैतिरबाट अन्धाधुन्ध गोली चलाएको बताइएको छ ।

नाम नबताउने शर्तमा एक प्रहरी अधिकारीले भने, ‘दुवै समूहमा करिब ४० वटा गाडी थिए जुन प्रहरीको सुरक्षामा यात्रा गरिरहेका थिए।

महसूदले भने, ‘महिला र बालबालिकाले स्थानीय घरमा शरण लिएका थिए र हामी अहिले त्यस क्षेत्रमा (आक्रमणकारी) को खोजी गरिरहेका छौं।’

‘प्रारम्भिक रिपोर्टमा यस क्षेत्रलाई महिनौंदेखि पिरोलेका साम्प्रदायिक मुद्दा होर पीडितमध्ये अधिकांश शिया समुदायका व्यक्तिहरू रहेका छन्,’ उनले यसअघि जारी गरेको वक्तव्यमा भनेका थिए ।

सुन्नी र शिया मुस्लिम जनजातिहरू उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कुर्रममा केही महिनादेखि लगातार लडिरहेका छन्। पाकिस्तानमा हुने सामुदायिक झडपमा परी वर्षेनी सयौँ व्यक्तिले अकालमा ज्यान गुमाउने गरेका छन् । 

गत अक्टोबरमा भएको झडपमा तीन महिला र दुई बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार  ६ : ३२ बजे

लेतेदेखि कोरलासम्म रोकिएका लामबद्ध कन्टेनर

मुस्ताङ– मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

काठमाडौँ– नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै

मनिषको नेतृत्वमा प्रहरी पोशाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक २ बजे

काठमाडौं–  निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक