पाकिस्तानमा साम्प्रदायिक झडप, ३८ जनाको मृत्यु | Khabarhub Khabarhub

पाकिस्तानमा साम्प्रदायिक झडप, ३८ जनाको मृत्यु


६ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा भएका दुई आक्रमणमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ । मत्यु हुनेमा अधिकांश महिला तथा बालबालिका रहेको अधिकारीहरूले बिहीबार बताएका छन् ।

शिया समुदायका दुई अलग–अलग समूहलाई कुर्रम जिल्लामा आतंककारीहरूले निशाना बनाएका प्रहरीले बताएको छ । 

‘दुवै घटनामा गरी महिला र बालबालिकासहित कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्,’ स्थानीय प्रशासनका वरिष्ठ अधिकारी जावेदउल्लाह महसुदले एएफपीसँग बताए।

उनले भने, ‘प्रारम्भिक रिपोर्टअनुसार मृतक छ जना महिला, केही बालबालिका र प्रहरी अधिकारी रहेको पुष्टि भएको छ । दुवै घटनामा करिब १० जना आक्रमणकारीको संलग्नता रहेको र सडकको दुवैतिरबाट अन्धाधुन्ध गोली चलाएको बताइएको छ ।

नाम नबताउने शर्तमा एक प्रहरी अधिकारीले भने, ‘दुवै समूहमा करिब ४० वटा गाडी थिए जुन प्रहरीको सुरक्षामा यात्रा गरिरहेका थिए।

महसूदले भने, ‘महिला र बालबालिकाले स्थानीय घरमा शरण लिएका थिए र हामी अहिले त्यस क्षेत्रमा (आक्रमणकारी) को खोजी गरिरहेका छौं।’

‘प्रारम्भिक रिपोर्टमा यस क्षेत्रलाई महिनौंदेखि पिरोलेका साम्प्रदायिक मुद्दा होर पीडितमध्ये अधिकांश शिया समुदायका व्यक्तिहरू रहेका छन्,’ उनले यसअघि जारी गरेको वक्तव्यमा भनेका थिए ।

सुन्नी र शिया मुस्लिम जनजातिहरू उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कुर्रममा केही महिनादेखि लगातार लडिरहेका छन्। पाकिस्तानमा हुने सामुदायिक झडपमा परी वर्षेनी सयौँ व्यक्तिले अकालमा ज्यान गुमाउने गरेका छन् । 

गत अक्टोबरमा भएको झडपमा तीन महिला र दुई बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार  ६ : ३२ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय