विवाह पञ्चमीको तयारी गर्न मुख्यमन्त्री सिंहको निर्देशन « Khabarhub

विवाह पञ्चमीको तयारी गर्न मुख्यमन्त्री सिंहको निर्देशन


६ मंसिर २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

जनकपुर – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मङ्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा बिहीबार आयोजित बैठकमा उनले सो निर्देशन दिएका हुन् । 

मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा नेपाल र भारतका विभिन्न जिल्लाबाट जनकपुरधाम आउने भक्तजनलाई कुनै कमी हुन नदिने बताए। उनले विगतमा भएका कमी कमजोरीलाई ध्यानमा राखी यस वर्ष मनाउने विवाह पञ्चमीको तयारीमा लाग्न तथा महोत्सव व्यवस्थापनमा  ध्यान दिन प्रदेशका सम्बन्धित मन्त्रालयलाई समन्वयात्मक र तीव्रताका साथ काम गर्न निर्देशन दिए।

मेला भर्न आउनेको वास, शौचालय, खानेपानीलगायत अत्यावश्यक पूर्वाधार तयारी, स्वास्थ्य सेवा व्यवस्थापन तथा सुरक्षा कार्ययोजना कार्यान्वयनलगायत  विषयमा गम्भीरतापूर्वक लाग्न जोड दिए। 

बैठकमा प्रदेशका सम्बन्धित मन्त्रालयका मन्त्री, सचिव, धनुषाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, जनकपुरधाम उपमहानगरपालिकाका कर्मचारीलगायतको सहभागिता रहेको थियो । भारतको अयोध्याधामबाट यही मड्सिर १७ गते पाँच सय जन्ती आउने बताइएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहिबार  ७ : ४७ बजे

मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त

धनुषा- मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय

सैफ अली खानलाई ज्यान मार्ने धम्की, बाबा सिद्दिकीको जस्तै हालत बनाउने चेतावनी

काठमाडौँ – बलिउड अभिनेता सैफ अली खानलाई ज्यान मार्ने धम्की

विदेशमा रहेका नेपालीको मताधिकार : कानुन संशोधनका लागि तीन विकल्प

काठमाडौँ– विदेशमा रहेका नेपालीलाई मताधिकार सुनिश्चित र अन्तरजिल्ला मतदाताको व्यवस्था

भारतमा विषाक्त मदिरा सेवनबाट ११ जनाको मृत्यु, १८० भन्दा बढी बिरामी

काठमाडौं – भारतको उत्तरपूर्वी राज्य मणिपुरमा दूषित मदिरा सेवनबाट कम्तीमा

आहा पर्वतको चुवा गाउँ (तस्बिरहरू) 

पर्वत- कुनै समय बटुवा, भरिया र गधा–खच्चडको लस्करले गुल्जार हुने पर्वतको