विवाह पञ्चमीको तयारी गर्न मुख्यमन्त्री सिंहको निर्देशन | Khabarhub Khabarhub

विवाह पञ्चमीको तयारी गर्न मुख्यमन्त्री सिंहको निर्देशन


६ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

जनकपुर – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मङ्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा बिहीबार आयोजित बैठकमा उनले सो निर्देशन दिएका हुन् । 

मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा नेपाल र भारतका विभिन्न जिल्लाबाट जनकपुरधाम आउने भक्तजनलाई कुनै कमी हुन नदिने बताए। उनले विगतमा भएका कमी कमजोरीलाई ध्यानमा राखी यस वर्ष मनाउने विवाह पञ्चमीको तयारीमा लाग्न तथा महोत्सव व्यवस्थापनमा  ध्यान दिन प्रदेशका सम्बन्धित मन्त्रालयलाई समन्वयात्मक र तीव्रताका साथ काम गर्न निर्देशन दिए।

मेला भर्न आउनेको वास, शौचालय, खानेपानीलगायत अत्यावश्यक पूर्वाधार तयारी, स्वास्थ्य सेवा व्यवस्थापन तथा सुरक्षा कार्ययोजना कार्यान्वयनलगायत  विषयमा गम्भीरतापूर्वक लाग्न जोड दिए। 

बैठकमा प्रदेशका सम्बन्धित मन्त्रालयका मन्त्री, सचिव, धनुषाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, जनकपुरधाम उपमहानगरपालिकाका कर्मचारीलगायतको सहभागिता रहेको थियो । भारतको अयोध्याधामबाट यही मड्सिर १७ गते पाँच सय जन्ती आउने बताइएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार  ७ : ४७ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले