चिसो बढेपछि सिरक डसनाको कारोवारमा वृद्धि | Khabarhub Khabarhub

चिसो बढेपछि सिरक डसनाको कारोवारमा वृद्धि


६ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

इनरुवा – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ का सफेउल मन्सुरी बिहानै इनरुवा–१ शान्ति चोकमा सिरक डसना उद्योगमा आइपुग्छन् । उनी बिहानै इनरुवा बजारमा रहेका कपडा पसलबाट आएको मागका आधारमा सिरक डसना बनाउने कार्यमा व्यस्त हुन्छन् ।

मन्सुरीको दैनिकी अहिले सिरक र डसना बनाउने कार्यमै बित्ने गरेको छ । केही दिनयतादेखि बढेको चिसोका कारण सुनसरीमा न्यानो लुगाको कारोवारमा वृद्धि भएको छ ।

उपभोक्ता चिसोको बेला आवश्यक पर्ने न्यानो लुगा किनमेल गर्न आएपछि यहाँ न्यानो लुगाको कारोवारमा वृद्धि भएको व्यापारीले बताएका छन् ।

चिसोका बेला आवश्यक पर्ने सिरक, डसना, रुवा, कुर्ता सुरुवाल, टोपी, बल्याङकेटलगायत लुगाको कारोवारमा वृद्धि भएको इनरुवा–१ स्थित साडी महलका सञ्चालक शम्भु मेहताले बताए ।

सिरक डसना बनाउनको सङ्ख्यामा वृद्धि भएको भोक्राहा–५ का खालीद मन्सुरीले बताए । इनरुवा, इटहरी, रामधुनी, झुम्का, धरान, बराहक्षेत्रलगायत स्थानमा दैनिकरुपमा रु २० लाखभन्दा बढीको न्यानो लुगाको कारोवार हुने गरेको उद्योग वाणिज्य सङ्घ इनरुवाका सहसचिव गौतम झाले बताए ।

इनरुवामा करिब एक सय कपडा पसलमा सेवाग्राहीको दैनिक चाप बढ्दो क्रममा रहेको व्यापारीले बताएका छन् । तयारी पोसाकमा ज्याकेट, स्वीटर, गल्बन्दी, टोपी, ट्रयाक्सुट, जम्फरलगायतको बिक्री बढ्नुका साथै सिरक डसना बनाउने क्रम बढेको व्यवसायीले बताएका छन् । चिसोका बेला सिरक र डसनाको माग बढेपछि व्यापारीले मूल्य वृद्धि गरेको स्थानीय उपभोक्ता चन्दन मेहताले बताए ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार  ८ : ३३ बजे

प्रतिपक्षीको विरोधपछि मधेस प्रदेशसभा अवरुद्ध

जनकपुर– मधेस प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान