दरवाङ–बिम–दिच्याम सडक आयोजना सुरु « Khabarhub

 दरवाङ–बिम–दिच्याम सडक आयोजना सुरु


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिको दरवाङ–बिम–दिच्याम सडक आयोजना निर्माण सुरु भएको छ । गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्कामार्फत दरवाङ–बिम–दिच्याम सडकअन्तर्गत खारा–बिम–डाँडागाउँ खण्डमा स्तरोन्नति गर्न आयोजना सञ्चालन गरेको हो । 

गत असारमा ११ करोड १९ लाख ९० हजारमा ठेक्का सम्झौता गरेको सर्वशक्ति महामाया प्रालिले यसै महिनादेखि सडक स्तरोन्नतिका लागि प्रारम्भिक चरणको काम थालेको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलले बताए। 

ठेक्काको अवधि दुई वर्षको रहेको छ । विसं २०६७ मा तत्कालीन जिविस, बिम गाविस र स्थानीयवासीको चन्दा संकलनबाट बिम जोड्ने करिब सात किलोमिटर सडक निर्माण भएको थियो । 

हाल तीन दशमलव पाँचदेखि पाँच मिटर फराकिलो सडकलाई सात मिटर फराकिलो पार्ने, नाली, पर्खाल निर्माण, ढलान, ग्राभेल र कालोपत्र गरिने भएको छ । 

दरवाङदेखि खारासम्मको सडकमा म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाका धेरै तौलका सामान बोक्ने सवारीसाधन गुड्ने र क्षति पुग्ने भएकाले खारादेखि बिम तल्लो गाउँ हुँदै डाँडागाउँसम्मको खण्डमा स्तरोन्नतिको आयोजना सञ्चालन गरिएको म्याग्दी १९२० बाट निर्वाचित रेशमबहादुर जुग्जालीले बताए। 

जुग्जालीले गत वर्ष गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हाल्दा चार करोड बजेट विनियोजन गरेर बहुवर्षीय ठेक्का लगाउन २० करोडको बजेटको स्रोत सुनिश्चितता भएको थियो । चालु आर्थिक वर्षमा भने एक करोड ५० लाख मात्र विनियोजन भएको छ । 

यो सडकबाट मालिका गाउँपालिका–७ को साविक बिम गाविस, धौलागिरि गाउँपालिकाको वडा नं ५ मल्कवाङ र ६ मराङ तथा मालिका गाउँपालिका–६ दिच्यामका बासिन्दा लाभान्वित हुनेछन् । 

धार्मिक पर्यटकीयस्थल मालिका धुरी, प्रभुचेला, बिम बराह ताल घुुम्न तथा दर्शन गर्न जाने पर्यटक एवं भक्तजनलाई सहज हुनेछ । सुन्तला, आलुलगायत कृषिउपज बिक्री, आवतजावतमा सहज बनाउन र बसाइँसराइ कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको खाराका बासिन्दा बुद्धिबहादुर जुग्जालीले बताए। 

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  १२ : ४० बजे

यस्तो देखियो बाढीले तहसनहस त्रिशूली बजार (तस्बिरहरू)

नुवाकोट- चीनको तिब्बत हुँदै भोटेकोसी नदीमा आएको बाढीले नुवाकोटको त्रिशूली

धिरज मगरको उपस्थितिमा निरजरा ब्युटी सलोनको १८ औं वार्षिक उत्सव कार्यक्रम

काठमाडौं – नायक धिरज मगरको विशेष उपस्थितिमा निरजरा ब्युटी सलोन

प्रतिनिधिसभामा रसुवा बाढीको बहस, छिटो नागरिकको उद्धार गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– भोटेकोशी नदी रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रका सांसदहरुले छिटो

भोटेकोशी बाढी : रसुवाबाट मात्रै २६ प्रहरी सम्पर्कविहीन

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आज आकस्मिकरुपमा आएको बाढीमा परी २६

३९४ जना पर्यटक छैनन् सम्पर्कमा : पर्यटन विभाग

काठमाडौं– मानसरोवर र लाङटाङ क्षेत्रमा गएका ३९४ जना पर्यटक सम्पर्कविहीन