देश विकासको अभियानमा जुट्न राष्ट्रियसभा अध्यक्ष दाहालको आह्वान « Khabarhub

देश विकासको अभियानमा जुट्न राष्ट्रियसभा अध्यक्ष दाहालको आह्वान


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले मातृभूमिप्रति गौरव गर्दै देश विकासको अभियानमा जुट्न युवा पुस्तालाई आह्वान गरेका छन् ।

रैथाने एग्री प्रोडक्स नेपालद्वारा शनिबार दरबारमार्गमा सञ्चालित रैथाने उत्पादन हाटबजार मेलाको अवलोकनपछि उनले नेपालमा स्रोतसाधन र जनशक्ति पर्याप्त भएकाले यसको अधिकतम प्रयोग हुन आवश्यक रहेको बताए। 

अध्यक्ष दाहालले भने, ‘मानव चोलाको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको श्रम हो, नेपालमा पर्याप्त स्रोतसाधन र जनशक्ति  छ, यो मूल्यवान् जनशक्ति श्रमका लागि विदेश गइरहेको अवस्था छ, उनीहरूलाई कसरी स्वदेशमै रोक्ने भन्ने अहिलेको चुनौती हो । यसमा सोच्नुपर्छ ।’

ठूलो सङ्ख्यामा युवा विदेश जाने क्रमसँगै आफ्नो थातथँलो बाझिँदै गएपछि अत्यावश्यक खाद्यान्नमा अन्य मुलुकसँग आश्रित हुन परेको यथार्थ सुनाउँदै उनले प्राङ्गारिक उत्पादनलाई बेवास्ता गरिँदा आयातित वस्तु उपभोग गर्न बाध्य हुनुपरेको धारणा राखे।

रैथाने एग्री प्रोडक्ट नेपालका अध्यक्ष तिलक ढकालले नेपाली खाद्यान्नको विविधता जोगाउन तथा  दैनिक उपभोग्यवस्तुमा आत्मनिर्भर हुने प्रेरणा प्रदान गर्न दरबारमार्गमा शनिबारे हाटबजार सञ्चालन गर्दै आएको बताए ।

हाटबजारमा आउने खाद्यान्नलगायत उपभोग्य वस्तु विषादीरहित, स्वच्छ वातावरणमा उत्पादन भएकाले मानव शरीरका लागि स्वास्थ्यकर रहेको उनको भनाइ छ । उक्त संस्थाले विसं २०८० साउन १ गतेदेखि प्रत्येक शनिबार बिहान ७ देखि १२ बजेसम्म हाटबजार सञ्चालन गर्दैआएको छ ।

हाटबजारमा मार्सी धानको चामल, मकै, चिनो, कागुनो, भटमास, कोदो, जौ, जुनेलो, लट्टे, फापर, किबी, कुभिण्डो, सिस्नो, फर्सी, चिया, मह, दूग्धजन्य पदार्थ तथा टोपी र गलबन्दीजस्ता ५० भन्दा बढी जिल्लाका रैथाने उत्पादन बिक्रीका लागि ल्याइने गरेका छन् ।

हाटबजारमा दैनिक करिब सात सय जना उपभोक्ताले अवलोकन गरी आवश्यक सामाग्री खरिद गर्ने तथा उपभोक्ता र उत्पादनकर्ताबीच अनुभव साटासाट गर्ने कार्यसमेत हुँदै आएको अध्यक्ष ढकालले बताए ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  २ : २३ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया