एनपीएलको उपाधि उचाल्न सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य « Khabarhub

एनपीएलको उपाधि उचाल्न सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जित्नका लागि सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १८५ रनको लक्ष्य दिएको छ । 

कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको हो । 

११ ओभरसम्म विकेटविहीन रहेको जनकपुरले त्यसयताको खेलमा पुनरागमन गरेको हो ।

सुदूरपश्चिमका ओपनरद्वय सैफ जाइब र विनोद भण्डारीले ११७ रनको साझेदारी गरे । ११ ओभरको अन्तिम बलमा उनीहरुको साझेदारी टुटे लगत्तै जनकपुरले लगालग विकेट लिएको हो । 

सैफले ४३ बलमा ५९ रन र विनोदले ३१ बलमा ४१ रन जोडे । उनीहरुबाहेक सुदूरपश्चिमका अन्य ब्याटर चल्न सकेनन् ।

यस्तै ब्रान्डन म्याकमुल्ल र हर्मीत सिंह १४–१४ रन जोडेर आउट भए । कप्तान दीपेन्द्रसिंह ऐरी ७ बलमा ९ रन जोडेर आउट भए ।

स्कट कुग्गेलिजन १० बलमा २ चौकाको सहयोगमा १३ रन जोडे । अन्य खेलाडीले भने दोहोरो रन बनाउन सकेनन् । बलिङतर्फ जनकपुरका किशोर महतो र महोम्मद मोशिनले ३–३ विकेट लिए । जेम्स नीशम र ललित राजवंशीले समान १–१ विकेट लिए ।

अन्तिम ओभरमा सुदूरपश्चिमका स्कट कुग्गेलिजन र नरेश बूढाऐर किशोरकै बलको शिकार बने । महोम्मद एक ओभरमा दुई विकेट लिए । १८ ओभको पहिलो बलमा उनले दीपेन्द्रसिंह ऐरी र पाँचौं बलमा आरिफ शेखलाई आउट गराएका हुन् ।

सुदूरपश्चिमबाट दोस्रो बढी रन बनाउने विनोद भण्डारीलाई ललित राजवंशीले आउट गराए । सुदूरपश्चिमबाट सर्वाधिक रन जोड्ने सैफलाई किशोर ललित राजवंशीमार्फत क्याच आउट गराए ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  २ : ११ बजे

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट

कटुवा पेस्तोल र एकनाले भरूवा बन्दुक बरामद

काठमाडौं – प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका–७ कर्णालीपुर जाने बाटो छेउबाट

सुर्खेतमा करिब ३८ हजार ग्यास वितरण, अभाव कायमै

कर्णाली – विगतमा प्रतिमहिनामा २०/२६ हजारले पुग्ने सुर्खेतमा साउनको २०

मधेसमा ९५ प्रतिशत रोपाइँ

जनकपुरधाम – मधेस प्रदेशमा ९५ दशमलव ५१ प्रतिशत रोपाइँ भएको