हेटौँडा उपमहानगरको चालु बजेट वृद्धि « Khabarhub

हेटौँडा उपमहानगरको चालु बजेट वृद्धि


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बागमती – हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१र८२ का लागि करिब २० करोड बजेट वृद्धि गरेको छ । 

 हेटौँडा उपमहानगरपालिकाको नगरसभाको १६औँ अधिवेशनको बैठकले चालु आव २०८१-८२ का लागि विनियोजित बजेटमा रु १९ करोड ९७ लाख वृद्धि गर्ने निर्णय गरेको हो । उपमहानगरपालिकाको गत असार १० गतेको नगरसभाले चालु आव २०८१-८२ का लागि रु दुई अर्ब ५२ करोड बजेट विनियोजन गरेको थियो । 

चालु आवको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न तथा नगर क्षेत्रका नागरिकको जीवनस्तरमा सुधार ल्याउन बजेट संशोधन गरी बजेटमा वृद्धि गरिएको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए। 

विभिन्न विषयगत समितिबाट पेस भएअनुसार कर्मचारी तथा जनप्रतिनिधिको तलब भत्ता, सवारी इन्धन तथा मर्मत, कायौलय सञ्चालन तथा प्रशासनिक खर्च, ईसिडि शिक्षक र विद्यालय कर्मचारी प्रोत्साहन, बालमैत्री स्थानीय शासन अभियान, वहुवर्षीय योजनाको भुक्तानीलगायत लागि चालु वर्षमा वृद्धि गरिएको प्रवक्ता न्यौपानेले बताए। नदीजन्य पदार्थको उत्खनन तथा बिक्री वितरण, आन्तरिक राजस्व स्रोत तथा सङ्घ र प्रदेश सरकारसँगको समन्वयमा सो बजेट रकम व्यवस्थापन गरिने उनको भनाइ छ । 

हेटौँडा उपमहानगरपालिकाले चालु आव २०८१-८२ को पाँच महिनाको अवधिमा विभिन्न शीर्षकबाट २० करोड ६२ लाख १७ हजार राजस्व संकलन गरेको जनाएको छ । यस्तै सो अवधिमा चालु आव २०८१-८२ को कूल बजेट मध्ये २१ दशमलव १२ प्रतिशत खर्च भएको उपमहानगरपालिकाले जनाएको छ । 

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ३ : ३७ बजे

तेहरानसहित इरानका विभिन्न शहरमा उग्र प्रदर्शन

तेहरान– इरानको राजधानी तेहरानसहित देशका विभिन्न शहरमा ठूलो सङ्ख्यामा प्रदर्शनकारी

श्रमदान गरेर चौतारी पुनर्निर्माण गरिँदै

पर्वत– पछिल्लो समय सडक विस्तार, बाँदर आतंक, धार्मिक आस्थामा कमीलगायतका

देवघाटमा झोलुङ्गे पुल मर्मत

नारायणगढ– माघे सङ्क्रान्ति मेलालाई मध्यनजर गर्दै पवित्र तीर्थस्थल देवघाटधाममा पुल

अमेरिकाको ‘पीस प्लान’ले रुस–युक्रेनमा हलचल

काठमाडौं– युक्रेन–रुस युद्ध रोक्न अमेरिकाले अघि सारेको प्रस्तावित ‘पीस प्लान’लाई

प्रतिनिधिसभा निर्वाचन : झापामा सात हजार सुरक्षाकर्मी परिचालन गरिने

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लामा