हेटौँडा उपमहानगरको चालु बजेट वृद्धि « Khabarhub

हेटौँडा उपमहानगरको चालु बजेट वृद्धि


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बागमती – हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१र८२ का लागि करिब २० करोड बजेट वृद्धि गरेको छ । 

 हेटौँडा उपमहानगरपालिकाको नगरसभाको १६औँ अधिवेशनको बैठकले चालु आव २०८१-८२ का लागि विनियोजित बजेटमा रु १९ करोड ९७ लाख वृद्धि गर्ने निर्णय गरेको हो । उपमहानगरपालिकाको गत असार १० गतेको नगरसभाले चालु आव २०८१-८२ का लागि रु दुई अर्ब ५२ करोड बजेट विनियोजन गरेको थियो । 

चालु आवको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न तथा नगर क्षेत्रका नागरिकको जीवनस्तरमा सुधार ल्याउन बजेट संशोधन गरी बजेटमा वृद्धि गरिएको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए। 

विभिन्न विषयगत समितिबाट पेस भएअनुसार कर्मचारी तथा जनप्रतिनिधिको तलब भत्ता, सवारी इन्धन तथा मर्मत, कायौलय सञ्चालन तथा प्रशासनिक खर्च, ईसिडि शिक्षक र विद्यालय कर्मचारी प्रोत्साहन, बालमैत्री स्थानीय शासन अभियान, वहुवर्षीय योजनाको भुक्तानीलगायत लागि चालु वर्षमा वृद्धि गरिएको प्रवक्ता न्यौपानेले बताए। नदीजन्य पदार्थको उत्खनन तथा बिक्री वितरण, आन्तरिक राजस्व स्रोत तथा सङ्घ र प्रदेश सरकारसँगको समन्वयमा सो बजेट रकम व्यवस्थापन गरिने उनको भनाइ छ । 

हेटौँडा उपमहानगरपालिकाले चालु आव २०८१-८२ को पाँच महिनाको अवधिमा विभिन्न शीर्षकबाट २० करोड ६२ लाख १७ हजार राजस्व संकलन गरेको जनाएको छ । यस्तै सो अवधिमा चालु आव २०८१-८२ को कूल बजेट मध्ये २१ दशमलव १२ प्रतिशत खर्च भएको उपमहानगरपालिकाले जनाएको छ । 

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ३ : ३७ बजे

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्