सन् २०३० सम्म मारुती सुजुकीले आफ्नो उत्पादन क्षमता दोब्बर बढाउने « Khabarhub

सन् २०३० सम्म मारुती सुजुकीले आफ्नो उत्पादन क्षमता दोब्बर बढाउने


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मोटर कम्पनी मारुती सुजुकीले सन् २०३० भित्र आफ्नो उत्पादन क्षमता दोब्बरले बढाउने भएको छ । कम्पनीका कार्यकारी निर्देशक राहुल भारतीले सन् २०३० सम्म आफ्नो कम्पनीले उत्पादन क्षमता दोब्बर बढाउने बताएका हुन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार हाल उक्त कम्पनीको उत्पादन क्षमता प्रतिवर्ष २० लाख कार रहेको छ । सन् २०३० सम्म यो बढेर ४० लाख कार प्रतिवर्ष पुग्ने अपेक्षा गरिएको छ ।

कम्पनीले इतिहासमै पहिलो पटक यस वर्ष २० लाख एकाइ कार उत्पादन गर्न सफल भएको हो । एएनआईसँगको कुराकानीका क्रममा कार्यकारी निर्देशक भारतीले यस वर्षभित्र २० लाख कार उत्पादन गर्ने लक्ष्य गत डिसेम्बर १६ का दिन पूरा भएको जानकारी दिए ।

उनले भारतको घरेलु बजारको मागलाई धान्नका साथै अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्नका लागि पनि उत्पादन वृद्धिमा जोड दिइएको उल्लेख गरे । यसअघि भारतीले आर्थिक वर्ष २०३०–३१ सम्म वार्षिक रूपमा ८ लाख कार निर्यात गर्ने लक्ष्य राखेको बताएका थिए । हाल कम्पनीले वार्षिक रूपमा ३ लाख कार अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्दै आएको छ ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ७ : ४९ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका