सन् २०३० सम्म मारुती सुजुकीले आफ्नो उत्पादन क्षमता दोब्बर बढाउने « Khabarhub

सन् २०३० सम्म मारुती सुजुकीले आफ्नो उत्पादन क्षमता दोब्बर बढाउने


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मोटर कम्पनी मारुती सुजुकीले सन् २०३० भित्र आफ्नो उत्पादन क्षमता दोब्बरले बढाउने भएको छ । कम्पनीका कार्यकारी निर्देशक राहुल भारतीले सन् २०३० सम्म आफ्नो कम्पनीले उत्पादन क्षमता दोब्बर बढाउने बताएका हुन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार हाल उक्त कम्पनीको उत्पादन क्षमता प्रतिवर्ष २० लाख कार रहेको छ । सन् २०३० सम्म यो बढेर ४० लाख कार प्रतिवर्ष पुग्ने अपेक्षा गरिएको छ ।

कम्पनीले इतिहासमै पहिलो पटक यस वर्ष २० लाख एकाइ कार उत्पादन गर्न सफल भएको हो । एएनआईसँगको कुराकानीका क्रममा कार्यकारी निर्देशक भारतीले यस वर्षभित्र २० लाख कार उत्पादन गर्ने लक्ष्य गत डिसेम्बर १६ का दिन पूरा भएको जानकारी दिए ।

उनले भारतको घरेलु बजारको मागलाई धान्नका साथै अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्नका लागि पनि उत्पादन वृद्धिमा जोड दिइएको उल्लेख गरे । यसअघि भारतीले आर्थिक वर्ष २०३०–३१ सम्म वार्षिक रूपमा ८ लाख कार निर्यात गर्ने लक्ष्य राखेको बताएका थिए । हाल कम्पनीले वार्षिक रूपमा ३ लाख कार अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्दै आएको छ ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ७ : ४९ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति