‘आउँदो ३० वर्षमा भारतले नवीकरणीय ऊर्जामा ठूलो फड्को मार्छ’ « Khabarhub

‘आउँदो ३० वर्षमा भारतले नवीकरणीय ऊर्जामा ठूलो फड्को मार्छ’


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतका लागि अमेरिकी राजदूत एरिक गार्सेटीले आगामी ३० वर्षमा भारतले नवीकरणीय ऊर्जाको क्षेत्रमा ठूलो फड्को मार्ने बताएका छन् । अमेरिका भारत रणनीतिक साझेदारी मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै राजदूत गार्सेटीले आगामी ३० वर्षमा भारत नवीकरणीय ऊर्जा क्रान्तिमा भारत अग्र स्थानमा आउने बताए । 

उनले नवीकरणीय ऊर्जाको क्षेत्रमा भारतले महत्वकांक्षी लक्ष्य राखेको भन्दै सौर्य र वायु ऊर्जाको क्षेत्रमा भारतले नेतृत्वदायी भूमिका निर्वाह गर्नेसमेत उल्लेख गरे । सौर्य प्यानल, इलेक्ट्रोलाइज र ब्याट्रीजस्ता क्षेत्रमा भारतको योगदान महत्त्वपूर्ण हुने उनको भनाइ छ ।

उनले भारत र अमेरिकाबीचको सम्बन्ध निरन्तर बढिरहने विश्वास समेत व्यक्त गरे । यसले दुई मुलुक मात्र नभई सारा विश्वलाई नै लाभ मिल्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ८ : ११ बजे

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी