'आउँदो ३० वर्षमा भारतले नवीकरणीय ऊर्जामा ठूलो फड्को मार्छ' | Khabarhub Khabarhub

‘आउँदो ३० वर्षमा भारतले नवीकरणीय ऊर्जामा ठूलो फड्को मार्छ’


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतका लागि अमेरिकी राजदूत एरिक गार्सेटीले आगामी ३० वर्षमा भारतले नवीकरणीय ऊर्जाको क्षेत्रमा ठूलो फड्को मार्ने बताएका छन् । अमेरिका भारत रणनीतिक साझेदारी मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै राजदूत गार्सेटीले आगामी ३० वर्षमा भारत नवीकरणीय ऊर्जा क्रान्तिमा भारत अग्र स्थानमा आउने बताए । 

उनले नवीकरणीय ऊर्जाको क्षेत्रमा भारतले महत्वकांक्षी लक्ष्य राखेको भन्दै सौर्य र वायु ऊर्जाको क्षेत्रमा भारतले नेतृत्वदायी भूमिका निर्वाह गर्नेसमेत उल्लेख गरे । सौर्य प्यानल, इलेक्ट्रोलाइज र ब्याट्रीजस्ता क्षेत्रमा भारतको योगदान महत्त्वपूर्ण हुने उनको भनाइ छ ।

उनले भारत र अमेरिकाबीचको सम्बन्ध निरन्तर बढिरहने विश्वास समेत व्यक्त गरे । यसले दुई मुलुक मात्र नभई सारा विश्वलाई नै लाभ मिल्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ८ : ११ बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको