थुनुवा मुक्त गराइदिने भनी रकम लिने पक्राउ « Khabarhub

थुनुवा मुक्त गराइदिने भनी रकम लिने पक्राउ


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम – प्रहरी हिरासतमा रहेका व्यक्तिलाई थुनामुक्त गरिदिने भनी थुनुवाका परिवारबाट रकम लिने तीनजनालाई कैलाली प्रहरीले पक्राउ गरेको छ ।

कैलालीको गौरीगङ्गा नगरपालिका—७ का २९ वर्षीय रुपक साउद, २२ वर्षीय रमेश साउद र १९ वर्षीय हर्कसाउदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

लागुऔषध मुद्दामा अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका धनगढी उपमहानगरपालिका–१ का एकजनाका परिवारका सदस्यबाट उनीहरुले भारतीय रुपैयाँ ३९ हजार पाँच सय लिएको फेला परेको उनले बताए ।

अन्य रकम थुनुवालाई छुटाएपछि लिने भनी मोलमोलाई गरिएको अनुसन्धानका क्रममा खुलेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए । शुक्रबार राति पक्राउ परेका ती व्यक्तिमाथि थप अनसशन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  १० : ०७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको