आज सूर्यदेवको विशेष पूजा आराधना गरिँदै | Khabarhub Khabarhub

आज सूर्यदेवको विशेष पूजा आराधना गरिँदै


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पुस महिनाको पहिलो आइतबार आज भगवान् सूर्यको पूजा आराधना गरिँदै छ । वैदिक सनातन हिन्दू धर्म परम्पराअनुसार पुसलाई सूर्य देवताको महिना मानिन्छ ।

आजलाई पौषकृष्णपक्ष सप्तमी तिथि अर्थात् रविसप्तमी पनि भनिन्छ । यस महिनामा सूर्यको दर्शन एवं पूजन गरेर मात्र खाने र प्रत्येक रविवार पवित्र भई व्रत बसी मध्याह्नमा सूर्यदेवको विशेष पूजा गरी करवीरको पातमा जल, पञ्चामृत राखी सूर्यलाई अर्घ्य दिइन्छ । सूर्य भगवानलाई मन पर्ने प्रसादको रूपमा घिउ खट्टे, चिनी आदि चढाइन्छ । पुस महिनाका सूर्यको नाम विष्णु हो । विष्णुले सबैसँग कुरा गर्दा एक पक्षलाई एक दिन मान्नुपर्ने एक पक्षको पक्षधरता छ । आजको दिन ब्रतालुले घरमा ब्राह्मण बोलाएर पूजा आराधनासहित अन्न दान निदुपर्ने व्यवस्था रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाड्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईले बताए ।

सर्वप्रथम भगवान् नारायणबाट ब्रह्माजी आविर्भाव भए । ब्रह्माजीको मनबाट मरिचिऋषि, मरिचिको पुत्र कश्यपऋषि कश्यपको धर्मपत्नी अदितिबाट विवस्वान् सूर्यको जन्म भएको भन्ने विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । सूर्य सर्वप्रथम मृत अचेतन अण्डमा बसेकाले उनलाई मार्तण्ड भनिन्छ । नारायण भगवान् मृत अण्डमा प्रवेश गरी हिरण्यमय ज्योतिर्मय ब्रह्माण्डबाट प्रकट भएकाले उनलाई सूर्यनारायण हिरण्यगर्भ भनिएको पण्डित बालमुकुन्द देवकोटाले बताए ।

नौ ग्रहमध्ये सूर्य माझमा निवास गर्ने भएकाले उनलाई अधिपतिप्रमुख मालिक मानिन्छ । भगवान् सूर्यले आफ्नो ताप र प्रकाशले अन्धकारलाई स्वतस्फूर्त नाश गरी तीनैलोकलाई तताएर प्रकाशित गर्दछन् ।
आइतबार सूर्यको सङ्क्रान्ति तथा शुक्लपक्षको सप्तमी पर्यो भने त्यो दिन गरेको पूजा, व्रत, जप अक्षय हुनेछ । जसले ‘आदित्याय बिध्महे भास्कराय धिमहि तन्नो भानु प्रचोदयात्’ भनी सूर्यको गायत्री जपी पूजा, जप, स्तुति, मुद्रा, अञ्जलीले नमस्कार र धेनु मुद्राद्वारा ॐ इन्द्राय नमः स्वाहा, ॐ विष्णवे नमः भनी हवन र जप गर्दछ भने उसले सायुज्य मुक्ति प्राप्त गर्दछ ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ९ : १० बजे

सिंहदरबारले किन रोक्यो समपूरक र विशेष अनुदान प्रस्ताव ?

काठमाडौं – नेपालको संविधानमै गरिएको व्यवस्थाअनुसार प्रदेश र स्थानीय तहले

रविसँग सम्पत्ति शुद्धीकरणमा २७ करोड बिगो मागदाबी, छविलालको ७४ करोड जफत गर्न माग

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध २७ करोड रुपैयाँ

रवि पत्नी निकिताविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा

काठमाडौं- सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

लमजुङ पुगेर सञ्चारमन्त्रीले भने- चीनसँग सम्झौता गरेका छौँ, मकैको घाँस चीनमा बिक्री हुन्छ

काठमाडौं– लठ्ठीको साहारामा उभिएको बुढो शरीर । पावरवाला चस्माले परैबाट कसैलाई

‘हनी ट्रयाप’ प्रकरण : इन्स्पेक्टर बिनुकुमारी अदालतमा उपस्थित, बयान थालियो

काठमाडौं- आपराधिक लाभको मुद्दामा मुछिएकी प्रहरी निरीक्षक बिनुकुमारी शाही आइतबार