महिला स्वास्थ्य स्वयंसेविकाको गुनासो : राज्यले बुझेन हाम्रो दुःख | Khabarhub Khabarhub

महिला स्वास्थ्य स्वयंसेविकाको गुनासो : राज्यले बुझेन हाम्रो दुःख


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङको घोराही उपमहानगरपालिका–६ निवासी माया चौधरी २०४६ सालदेखि महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा काम गरिरहेकी छिन् ।

लामो समयदेखि स्वयंसेविकाको काम गरे पनि राज्यले दुःख बुझ्न नसकेको उनको गुनासो छ । ‘स्वयंसेविकाका रूपमा काम गर्दा राज्यले हाम्रो मूल्याङ्कन गर्न सकेन’, उनले भनिन् । आफ्नै खर्चमा गाउँ–गाउँ पुग्ने गरेको उनको भनाइ छ ।

घोराही–१२ निवासी इमाकुमारी शर्माले पनि महिला स्वास्थ्य स्वयंसेविकाको रुपमा काम गर्दा खाजा खर्चसमेत नपाएको गुनासो गरिन् । ‘हामीले दुःखमात्र गरेका छौँ, श्रमको उचित मूल्य पाउन सकेका छैनौँ’, उनले भनिन् ।

सुविधाका नाममा बैठक भत्ता ४५०, वार्षिक पोशाक १० हजार, खोप लगाउँदा तथा औषधि खुवाउँदा दैनिक चार सय रुपैयाँ पाउने गरेको उनको भनाइ छ ।

घोराही–१९ निवासी निर्मला पुनले भौगोलिक रूपमा विकट सैघामा काम गर्दा धेरै समस्या भोग्नुपरेको बताइन् । ‘घण्टौँ हिँडेर घरघरमा पुग्नुपर्छ तर राज्यको तर्फबाट कुनै सहयोग पाउन सकेका छैनौँ’, उनले भनिन्, ‘वर्षौँदेखि गरेको कामका आधारमा सरकारले सेवा सुविधा दिन आवश्यक छ ।’

घोराही–३ निवासी जुनकुमारी रोकामगरले सञ्चारको सहज पहुँच नहुँदा काम गर्न समस्या भएको बताइन् । घोराही उपमहानगरपालिका–९ निवासी शान्ता केसी २०४५ सालदेखि महिला स्वास्थ्य स्वयंसेविका रूपमा काम गर्दै आएकी छिन् ।

उनले ३६ वर्षदेखि निःशुल्क काम गर्दै आएको बताइन् । यत्तिका वर्षसम्म काम गर्दा पनि राज्यले सहयोग नगरेको उनको भनाइ छ । गाउँगाउँमा स्वास्थ्यका सूचक सङ्कलन तथा स्वास्थ्य सचेतनाको काममा सरकारले खटाउने गरे पनि सेवा सुविधा दिन कन्जुस्याइँ गरेको उनको गुनासो छ ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  १० : ५४ बजे

जनकपुर बोल्ट्सका समर्थकहरूलाई अपमान र कुटपिट, दोषीलाई कारबाही माग

काठमाडौं : पहिलो सिजनको नेपाल प्रिमियर लिग विजेता जनकपुर बोल्ट्सका

विधेयक समितिका बैठक नबसे स्पष्टीकरण सोधौँ : सभामुख घिमिरे

काभ्रेपलाञ्चोक– सङ्घीय संसद्का सभामुख देवराज घिमिरेले संसदीय समितिका विधेयक समितिमा

पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने

ताप्लेजुङ– ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश

शेयर बजार घट्दा लो क्याप कम्पनीमा पहिरो 

काठमाडौं–आइतबार शेयर बजार घट्दा लो क्याप कम्पनीमा पहिरो गएको छ

महोत्तरी कारागारमा हृदयघातबाट थुनुवाको मृत्यु

महोत्तरी– महोत्तरी कारागारका एक थुनुवाको हृदयघातबाट मृत्यु भएको छ ।