एनटीसीका शेयरधनीलाई ३० प्रतिशत नगद लाभांश « Khabarhub

एनटीसीका शेयरधनीलाई ३० प्रतिशत नगद लाभांश


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकार समेतको लगानी रहेको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम-एनटीसी)ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ३० प्रतिशत नगद लाभांश दिने भएको छ ।

शनिबार बसेको कम्पनी सञ्‍चालक समिति बैठकले आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट शेयरधनीलाई ३० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । पुस २८ मा बस्ने कम्पनीको साधारण सभाले अर्थ मन्त्रालयको स्वीकृतिमा प्रस्तावित लाभांश पारित गर्नेछ ।

पुस १७ गतेसम्म कायम एनटीसीका शेयरधनीले आफूसँग रहेको प्रतिकित्ता शेयर बराबर ३० रुपैयाँका दरले लाभांश पाउनेछन्‌ । लाभांश प्रयोजनका लागि पुस १८ देखि २७ गतेसम्म एनटीसीको बुकक्लोज हुनेछ ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  १२ : ४७ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली