नेपालको बीबी माइनस रेटिङ सकारात्मक : अर्थ मन्त्रालय | Khabarhub Khabarhub

नेपालको बीबी माइनस रेटिङ सकारात्मक : अर्थ मन्त्रालय


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालले सार्वभौम क्रेडिट रेटिङमा पाएको बीबी माइनस स्कोरलाई अर्थ मन्त्रालयले ‘उन्नत’ करार दिएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुक्रबार बिहान पत्रकार सम्मेलन आयोजना गर्दै नेपालले प्राप्त गरेको रेटिङ्गले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानी मैत्री र उन्नत रहेको संकेत गरेको जनाएका हुन्‌ ।

नेपालले पहिलोपटक अन्तरराष्ट्रिय एजेन्सी फिच रेटिङ्ग्सबाट मुलुकको सार्वभौम शाख मूल्याङ्कन गर्न लगाएको थियो । फिचले बिहीबार नतिजा सार्वजनिक गर्दै नेपाललाई बीबी माइनस रेटिङ दिएको थियो । सो रेटिङअनुसार दक्षिण एसियामा भारतभन्दा नेपाल एक स्थान तल परेको छ ।

बलियो विदेशी मुद्रा सञ्‍चिति तथा बढ्दो आर्थिक गतिविधिले नेपालको आर्थिक वृद्धि सकारात्मक बनाउनसक्ने रेटिङले देखाएको छ । क्रेडिट रेटिङ्गको नतिजाले नेपालको साख क्षमता उच्च रहेको, वित्तीय तथा आर्थिक क्षमता सवल रहेको र अन्तर्राष्ट्रिय वजारबाट ऋण लिनु पर्दा न्यून व्याजदरमा ऋण प्राप्त गर्न सक्ने अवस्था सिर्जना गरेको अर्थ मन्त्रालयले दाबी गरेको हो ।

अर्थमन्त्री पौडेलको सचिवायलले पठाएको प्रेस विज्ञप्तिमा क्रेडिट रेटिङले निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्न र वैदेशिक लगानी आकर्षित गर्न समेत सहयोग पुग्ने उल्लेख छ ।

सार्वभौम क्रेडिट रेटिङ्गमा मूलतस् अर्थतन्त्रका चार क्षेत्र हेरिन्छ । रेटिङ गर्दा अर्थतन्त्रको संरचनगत पक्ष, समष्टिगत आर्थिक उपलब्धी, सार्वजनिक वित्त र वाह्य क्षेत्रका आर्थिक परिसुचकको विस्तृत रुपमा लेखाजोखा हुन्छ ।

मुलुकको सार्वभौम क्रेडिट रेटिङ्ग गर्दा यस्ता पक्षहरूलाई विभिन्न सार्वभौम रेटिङ्ग मोडल र गुणात्मक मापन विधीवाट स्वतन्त्र रुपमा मूल्यांकन गरी प्राप्त स्कोरलाई न्यूनतम ‘डी’ देखि अधिकतम ‘एएए’सम्म रेटिङ्ग प्रदान गर्ने गरिन्छ

सोही प्रक्रिया बमोजिम फिच रेटिङ लिमिटेडले नेपालको आर्थिक संरचना, सार्वजनिक वित्तको अवस्था, आन्तरिक तथा वैदेशिक ऋणको अवस्था, मौद्रिक तथा वित्तीय क्षेत्रका सूचकहरूको अवस्था, वाह्य क्षेत्रका आर्थिक परिसुचकहरू, सोह्रौ योजनाले परिलक्षित गरेका आर्थिक वृद्धिको मध्यकालिन तथा दीर्घकालिन खाका लगायतका विवरण र तथ्यांकको विश्लेषण गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

गुणात्मक मूल्याङ्कन चरण अन्तर्गत फिच रेटिङ लिमिटेडको विज्ञ समूहले सन् २०२४ सेप्टेम्बर ११ देखि १३ नेपालको स्थलगत भ्रमण गरेको थियो ।

सो टोलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक लगायतका सरकारी निकायका उच्च पदाधिकारहरूसँग परामर्श र छलफल गरेको थियो भने निजी क्षेत्र र नेपाल स्थित द्विपक्षिय तथा वहुपक्षिय विकास साझेदार निकायका अधिकारीहरूसँग समेत परामर्श गरेको थियो ।

नेपालले प्रस्तुत गरेको पुर्वाधार विकासको मध्यकालिन र दीर्घकालिन योजनाको कार्यान्वयनको मूल्याङ्कन गर्न नमूनाको रुपमा नागढुङ्गा सुरुङ्ग मार्गको अवलोकन समेत गरेको थियो ।

सार्वभौम क्रेडिट रेटिङ्गलाई विश्वका लगानीकर्ता तथा वित्तीय सेवा प्रदान गर्ने निकायले कुनै पनि मुलुकको लगानीको वातावरण मूल्याङ्कनको आधारको रुपमा लिने गर्दछन् । यसले मुलकको अर्थतन्त्रको संरचना र अवस्थालाई स्वतन्त्र विज्ञको आँखावाट मूल्यांकन गरी यथार्थ अवस्थालाई विश्वभरका लगानीकर्ता समक्ष पुर्‍याउने गर्दछ ।

यस अर्थमा सार्वभौम क्रेडिट रेटिङ्गलाई मुलुकले आफ्नो अर्थतन्त्रलाई विश्वसामु खुला रूपमा मूल्याङ्कन गराई पारदर्शिता कायम गरेको रुपमा समेत लिन सकिन्छ । यसले अर्थतन्त्रको भावि दिशा र संभावनाको आकलन गर्दै मुलुकले भविश्यमा आफ्नो ऋण दायित्व पुर्ण रूपमा र समयमै भुक्तानी गर्न सक्ने क्षमताको मापन गर्दछ ।

नेपालको सार्वभौम क्रेडिट रेटिङ्गले नेपालको अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय समुदायसम्म प्रस्तुत गरेको मन्त्रालयको दाबी छ । क्रेडिट रेटिङ्गको नतिजालाई दक्षिण एसियाली मुलुकहरूको रेटिङ्ग नतिजासँग तुलना गर्दा नेपालले प्राप्त गरेको रेटिङ्ग सन्तोषजनक रहेको मन्त्रालयले जनाएको हो ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ३ : २४ बजे

बिआरआईमा अनुदान मात्र स्वीकार्यः विमलेन्द्र निधि

जनकपुर – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले बिआरआई अनुदानका रूपमा

भयरहित वातावरणमा निर्वाचन गराउन गृहमन्त्रीको निर्देशन

काठमाडौं – गृहमन्त्री रमेश लेखक आसन्न स्थानीय तहको उपनिर्वाचन स्वच्छ,

दरबारमार्गमा फोहोर गरेपछि एमालेलाई महानगरले तिरायो एक लाख जरिवाना

काठमाडौं- काठमाडौं महानगरपालिकाले प्रमुख सत्तारुढ नेकपा एमालेलाई एक लाख रुपैयाँ

दैलेखको सिस्नेमा बस दुर्घटना हुँदा आठ घाइते

दैलेख – कर्णाली राजमार्गको दैलेख सडकखण्ड, आठविस नगरपालिका–३ सिस्नेमा बस