यूएनएचसीआर नेपाल प्रमुखमा मोनिक सोखान‌, पदभार ग्रहण « Khabarhub

यूएनएचसीआर नेपाल प्रमुखमा मोनिक सोखान‌, पदभार ग्रहण


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) नेपालकी नवनियुक्त प्रतिनिधि मोनिक सोखानले पदभार ग्रहण गरेकी छिन्‌ ।

कम्बोडिया र फ्रान्सकी नागरिक सोखान यूएनएचसीआरको बैंककस्थित एसिया तथा प्रशान्त ब्यूरोमा क्षेत्रीय वरिष्ठ संरक्षण संयोजकको कार्यकाल पूरा गरी नेपालमा यूएनएचसीआर प्रतिनिधिको रूपमा आएकी हुन्‌ ।

सोखानले मङ्गलबार दिउँसो नेपालकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासमक्ष ओहोदाको प्रमाणपत्र पेश गरी नेपालमा युएनचएसीआर प्रतिनिधिको रूपमा आफ्नो कार्यभार सम्हालेकी हुन्‌ ।

पदभार ग्रहण गर्दै सोखानले भनिन्‌, ‘नेपालमा यूएनएचसीआर प्रतिनिधिको रूपमा कार्य गर्न पाउँदा म आफूलाई धेरै सम्मानित महसुस गरिरहेकी छु । यूएनएचसीआर र नेपालबीच सन् १९६० को दशकदेखि शरणार्थी मामिलामा सहकार्य हुँदै आएको लामो इतिहास छ ।’

मानवता र करुणाको मर्मलाई आत्मसात् गर्दै सङ्घर्ष र उत्पीडनबाट विस्थापित लाखौँ मानिसहरूको जीवन सहजताका लागि यूएनएचसीआरले अथक सहकार्य गर्दै आएको सोखानले उल्लेख गरिन्‌ । साथैस नेपालका जनताले विभिन्न चुनौतीका बाबजूद शरणार्थीको संरक्षण गर्ने र उनीहरूको कठिनाइको समाधान खोज्ने अनुकरणीय परम्परा स्थापित गरेको पनि बताइन्‌ ।

उनले थपिन्‌, ‘म शरणार्थीहरू र यूएनएचसीआरले सहयोग गर्ने अन्य व्यक्तिहरूको हित र कल्याणसँग सम्बन्धित बाँकी रहेका सवालहरूको समाधानका लागि नेपाल सरकार र सबै पक्षहरूसँग रचनात्मक संवाद र सहयोगलाई निरन्तरता दिन पूर्ण प्रतिबद्ध छु ।’

सोखानले २५ वर्षभन्दा बढी थाइल्याण्ड, कम्बोडिया, पश्चिम टिमोर (इन्डोनेसिया), मङ्‌गोलिया, बोस्निया-हर्जेगोभिना, सुडान, आइभोनरी कोस्ट, हङकङ, इथियोपिया, हैटी र लेबनानमा मानवीय र शरणार्थी मुद्दामा काम गरेकी छिन्‌ ।

उनीसँग जेनेभास्थिति यूएनएचसीआरको प्रधान कार्यालयमा अफ्रिकाका लागि क्षेत्रीय ब्यूरोमा र कम्बोडियाको न्यायालयको विशेष न्यायाधिकरणमा रहेर काम गरेको अनुभव समेत रहेको सो राष्ट्रसङ्घीय एजेन्सीले प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  १० : ४५ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर