एपीएफमाथि पुलिसको शानदार जित | Khabarhub Khabarhub

एपीएफमाथि पुलिसको शानदार जित


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पुलिस क्लबले एपीएफमाथि शानदार जित हासिल गरेको छ ।  प्रधानमन्त्री कप अन्तर्गत सोमबार भैरहवामा सम्पन्न खेलमा पुलिस क्लबले एपीएफ क्लबलाई ५८ रनले पराजित गरेको हो ।

पुलिस क्लबले दिएको १४६ रनको लक्ष्य पछाएको एपीएफले ३४ ओभरमा अलआउट हुँदै ८७ रन मात्र बनाएको थियो । एपीएफको ब्याटिङ लाइनलाई ध्वस्त गर्न पुलिसका बलर ललित राजवंशीले ५ विकेट लिएका थिए ।

यस अघि पहिला ब्याटिङ गरेको पुलिस क्लबले ४१ ओभरमा अलआउट हुँदै १४५ रन बनाएको थियो ।

पुलिस क्लब जारी पीएम कपमा पराजित रहँदै लगातार चार खेलमा जित हासिल गरेको छ र ४ खेलमा ८ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै एपीएफले भने दोस्रो हार बेहोरेको छ । चार खेलमा ४ अंकसहित एपीएफ छैटौँ स्थानमा रहेको छ ।

अब एपीएफले अर्को खेल मंगलबार त्रिभुवन आर्मीसँग खेल्ने छ भने पुलिस क्लबले बुधबार मूलपानीमा मधेश प्रदेशविरुद्ध खेल्ने छ ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ४ : २४ बजे

मानवीय सहायता अभावले करोडौँ शरणार्थी संकटमा : संयुक्त राष्ट्रसंघ

जिनेभा – मानवीय सहायता बजेटमा भएको भारी कटौतीका कारण विश्वभरका

न्याय सङ्गत ढङ्गले न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने माग

काठमाडौं – संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले सबै पक्षको सहमतिमा

मार्चे लेकमा याक र चौँरीको रगत पिउने मेला सुरु

मुस्ताङ – मुस्ताङ थासाङ गाउँपालिका स्थित थाक सातसय क्षेत्रको सामुहिक

साइबर अपराध मुद्दामा दुर्गा प्रसाईंलाई सफाइ

काठमाडौं- राजावादी आन्दोलनका क्रममा दुईजनाको ज्यान जाने गरि गत चैत