निर्वाचनको नतिजालाई चीनले सम्मान गरोस् : ताइवान « Khabarhub

निर्वाचनको नतिजालाई चीनले सम्मान गरोस् : ताइवान


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

ताइपेई- ताइवानले चीनलाई आफ्नो मुलुकमा सम्पन्न निर्वाचनको नतिजालाई सम्मान गर्न आग्रह गरेको छ । हालै सम्पन्न निर्वाचनमा सार्वभौमिकताका पक्षधर उम्मेदवार लाई चिङ त विजयी भएसँगै ताइवानले चीनलाई मतदाताको चाहनालाई सम्मान गर्न आग्रह गरेको हो ।

ताइवानको विदेश मन्त्रालयले यथार्थलाई स्वीकार गर्दै ताइवानलाई धम्की र चुनौती दिने कामलाई तत्काल रोक्न पनि आह्वान गरेको छ ।

ताइवानमा भएको निर्वाचनमा कुओमिङतान पार्टीका उम्मेदवार होउ यु इहलाई ९ लाख मतान्तरले पराजित गर्दै निवर्तमान उपराष्ट्रपति लाई राष्ट्रपतिमा निर्वाचित भएका थिए । सत्तारुढ डेमोक्र्याटिक प्रोग्रेसिभ पार्टीका उम्मेदवार लाईलाई चीनले ‘खतरनाक पृथकतावादी’ को संज्ञा दिएको थियो ।

चीनले स्वतन्त्र शासन चलाइरहेको ताइवानलाई आफ्नै मुलुकको एक हिस्सा मान्दै आवश्यक परे बल प्रयोग गरेर आफ्नो मातहतमा ल्याउने धम्की दिँदै आएको छ ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  १२ : ०१ बजे

फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका

काँकरभिट्टाबाट पाँच महिनामा करिब ८ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्ष (आव) २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

चिसोमा न्यानो पार्ने उपकरणको गलत प्रयोग : अकालमा जान्छ ज्यान

काठमाडौं– अहिले हामी पुस महिनाको सुरुवाती अवस्थामा छौं। देशभर दिनप्रतिदिन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, महाधिवेशनको कार्यतालिका हेरफेर हुन सक्ने

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२