राष्ट्रिय परिचयपत्रको ‘बायोमेट्रिक्स’बाट राहदानी वितरण गर्ने तयारी « Khabarhub

राष्ट्रिय परिचयपत्रको ‘बायोमेट्रिक्स’बाट राहदानी वितरण गर्ने तयारी


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – परराष्ट्र मन्त्रालयले राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले प्रयोग गर्दै आएको सफ्टवेयर र बायोमेट्रिक्स प्रयोग गरेर सेवाग्राहीलाई राहदानी वितरण गर्ने तयारी गरेको छ। उक्त तयारीले पूर्णता पाएसँगै सेवाग्राहीले आगामी दिनमा राहदानी विभागमा छुट्टै बायोमेट्रिक्स दिन पर्ने झन्झट समाप्त हुनेछ।

विभागले प्रयोग गर्दै आएको सफ्टवेयर र बायोमेट्रिक्स प्रयोग गरेर सेवाग्राहीलाई राहदानी वितरण कार्यको सुरुवात गर्ने बारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का (रक्षा) र नारायणकाजी श्रेष्ठ (गृह) तथा भौतिक योजनामन्त्री प्रकाश ज्वालासँगै परराष्ट्रमन्त्री एनपी साउदबीच छलफल भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार भएको छलफलअनुसार विभागले प्रयोग गर्दै आएको सफ्टवेयर र बायोमेट्रिक्स प्रयोग गरेर सेवाग्राहीलाई राहदानी वितरण कार्यको सुरुवात भए सेवाग्रहीले अनलाइनमार्फत् राहदानीका लागि आवेदन दिन पाउने र हुलाकमार्फत् घरमै राहदानी प्राप्त गर्ने छन्।

यस्तै विदेशमा रहेका नेपालीले राहदानी नवीकरणका लागि आफू रहेको मुलुकमा अवस्थित नेपाली राजदूतावास जानु पर्ने बाध्यतासमेत हट्ने छ।

प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरु, भौतिक योजनामन्त्री, मुख्यसचिव, सम्बन्धित मन्त्रालयका सचिवहरु बसेर सरकारका सेवाहरुलाई द्रुत बनाउनका लागि राष्ट्रिय परिचय पत्रको प्रयोग गर्नेबारे छलफल भएको छ,’ परराष्ट्रमन्त्री साउदका प्रेस संयोजक केशव सावदले भने, ‘यसबाट परराष्ट्रमन्त्रीज्यूले धेरै पहिलेदेखि भन्दै आउनुभएको पासपोर्ट सेवालाई पनि द्रुत बनाउन अनलाइनबाट आवेदन, हुलाकबाट पासपोर्ट डेलिभरी हुन्छ। यसका लागि अब सेवाग्रहीले राहदानी विभाग जानुपर्र्ने छैन। विदेशको हकमा पनि आईडी (राष्ट्रिय परिचय पत्र) बनाइसकेका वा नवीकरण गर्नुपर्ने सेवाग्राहीको हकमा राजदूतावासमा नगइकनै पासपोर्ट उपलब्ध गराइने छ।’

बैठकपछि सम्बन्धित विभागहरुलाई राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले प्रयोग गर्दै आएको सफ्टवेयर र बायोमेट्रिक्स प्रयोग गरेर सेवाग्राहीलाई राहदानी वितरण गर्ने तयारी थाल्न निर्देशन पनि दिइएको परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागमा राष्ट्रिय परिचय पत्र बनाउँदा सेवाग्राहीले बायोमेट्रिक्स दिँदै आएका छन्। परराष्ट्र मन्त्रालयले राहदानीका लागि उक्त परिचय पत्र अनिवार्य गरेको छ। अहिले सेवाग्राहीले पञ्जिकरण विभागमा बायोमेट्रिक्स दिए पनि राहदानीका लागि राहदानी विभागमा समेत अनिवार्य बायोमेट्रिक्सका लागि उपस्थित हुनैपर्ने बाध्यता छ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  १० : २७ बजे

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान