चीनमा पादरीलाई १४ वर्षको कारावास « Khabarhub

चीनमा पादरीलाई १४ वर्षको कारावास


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनमा इसाई गिर्जाघरका एक जना पादरीलाई १४ वर्षको जेल सजाय सुनाइएको छ । चीनको गान्जिङ्झी जिल्ला जनअदालतले डालियनका पादरी कान सियाओङलाई १४ वर्षको जेल सजाय सुनाएको हो ।

उनीसँगै अदालतले उनकी श्रीमती वाङ फेङयीङलाई पनि चार वर्षको कारावास सजाय सुनाएको छ । त्यसैगरी, उनका साझेदार चु सिन्युलाई १० वर्ष र अन्य तीन सहकर्मीलाई समान तीन वर्षको सजाय तोकिएको छ ।

अवैध व्यवसायिक अभ्यास गरेको आरोपमा उनीहरुलाई यस्तो सजाय दिइएको बिटर विन्टरले उल्लेख गरेको छ ।

राष्ट्रपति सी जिन्पिङको कार्यकालमा चीनमा धार्मिक संगठनहरुप्रति अनुदार व्यवहार हुने गरेको आरोप लागिरहेको बेला पछिल्लो घटना सार्वजनिक भएको हो । चीनले सरकार सञ्चालित ‘तीन आत्म चर्च’ मा संलग्न नहुने सबै प्रोटेस्टेन्ट चर्चहरुमाथि दमन गर्ने गरेको आलोचकहरु बताउँछन् ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ४ : ०९ बजे

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६

आज राष्ट्रपतिले दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई

कार्की आयोगको प्रतिवेदनबारे कांग्रेसले गर्‍यो छलफल आह्वान

काठमाडौँ– नेपाली कांग्रेसले ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाबारे गठित जाँचबुझ

‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

भोजपुर– वसन्त ऋतुको आगमनसँगै पूर्वी पहाडी भेगका वन–जङ्गल यतिबेला राताम्य

बेनीमा ‘वडा पर्यटन परियोजना’

म्याग्दी– बेनी नगरपालिकाले ‘वडा पर्यटन परियोजना’ सञ्चालन गरेको छ ।