अपराध अनुसन्धान समीक्षा गोष्ठी सम्पन्न « Khabarhub

अपराध अनुसन्धान समीक्षा गोष्ठी सम्पन्न


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरी अपराध अनुसन्धान विभागको आयोजनामा भएको ‘अपराध अनुसन्धान समीक्षा गोष्ठी–२०८०’ अपराध अनुसन्धानका लागि फलदायी भएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।

काठमाडौं आज सम्पन्न उक्त गोष्ठीमा अपराध अनुसन्धान कार्यमा लागेका प्रहरीसहितका विभिन्न निकायका अधिकारीबीच हाल भइरहेका अनुसन्धान कार्य र आगामी दिनमा गर्नुपर्ने योजनाबारे समीक्षा भएको थियो ।

गोष्ठी समापन गर्दै विभागका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेकबहादुर तामाङले गोष्ठीका दौरान प्राप्त तथ्य र तथ्याङ्कका साथै अनुसन्धानकर्ता र सरकारी वकिलसमेतको प्रत्यक्षरुपमा अभिव्यक्त बुझाई र अनुभवले अपराध अनुसन्धानको आगामी योजना निर्माणका लागि महत्वपूर्ण हुने अपेक्षा रहेको बताए ।

प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले यस गोष्ठीले अपराध अनुसन्धानका सवल पक्षलाई उत्कृष्ट अभ्यासका रुपमा कार्यान्वयन गर्ने, देखिएका समस्या र चुनौतीलाई योजनाबद्धरूपमा सम्बोधन गरी आगामी रणनीति र योजना निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

अपराध नियन्त्रण र अनुसन्धानमा बहुपक्षिय सहयोग र समन्वय आवश्यक भएकाले केन्द्र, प्रदेश, जिल्ला र ईलाका तहसम्मले सबैबाट सहयोग प्राप्त गर्न पहल गर्ने अपेक्षा रहेको उनले बताए ।

गोष्ठीमा महान्यायाधिवक्ताको कार्यालय, सरकारी वकिल कार्यालय, सहकारी विभाग, नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी, मानव बेचबिखन अनुसन्धान ब्यूरो, लागूऔषध नियन्त्रण ब्यूरोका प्रतिनिधिको सहभागिता थियो ।

यस्तै साइबर ब्यूरो, केन्द्रीय अनुसन्धान ब्यूरो, जिल्ला प्रहरी परिसर काठमाडौँ, ललितपुर र भक्तपुरका प्रहरी प्रतिनिधिको पनि सहभागिता थियो । सो क्रममा अपराध अनुसन्धानको अवस्था, अनुसन्धानमा देखिएका चुनौतीलगायतका विषयमा प्रस्तुतीकरण भएको थियो ।

गोष्ठीमा अपराध अनुसन्धानमा देखिएका समस्या र त्यसका समाधानलगायतका विषयमा विस्तृत छलफल भएको र यसले आगामी रणनीति निर्माणमा सहयोग पुग्ने प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले बताए ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  १० : ४२ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका