शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा निरन्तर लाग्ने छु : मन्त्री बस्नेत  | Khabarhub Khabarhub

शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा निरन्तर लाग्ने छु : मन्त्री बस्नेत 


१० फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आफू पदमा भए पनि नभए पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा निरन्तर लागि परेको बताएका छन् ।

बिहीबार काठमाडौंको गोकर्णेश्वर नगरपालिका– ४ मा स्थापना हुने गोकर्णेश्वर नगर अस्पताल सहिद मुकेश कायस्थ इन्जुरी सेन्टरको शिलान्यास गर्दै मन्त्री बस्नेतले आफू शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि लागेको भन्दै राम्रा काम गर्ने स्थानीय सरकारलाई सरकारले पूर्ण सहयोग गर्ने समेत बताए ।

संविधानले हरेक जनताको स्वास्थ्य उपचारको ग्यारेन्टी गरेकोले पैसा नभएको कारणले कुनै पनि नागरिकले ज्यान गुमाउनु पर्ने अवस्था आउन नदिने उनले बताए ।

त्यस्तै उनले चिकित्सा शिक्षा ऐन चाडै परिमार्जन हुने र धेरैले स्वदेशमै चिकित्सा पढ्न पाउने अवसर दाबी गरे।

बिहीबार शिलान्यास भएको उक्त नगर अस्पताल १५ शैयाको हुने छ । अस्पताल निर्माणका लागि सरकारले साढे २२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार  १ : २५ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’