तीव्र आँधीको आशंकामा मरिससद्वारा उडानहरू रद्द « Khabarhub

तीव्र आँधीको आशंकामा मरिससद्वारा उडानहरू रद्द


१० फाल्गुन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

पोर्ट लुइस– मरिससले बिहीबार हिन्द महासागरको द्वीपमा बलियो उष्णकटिबन्धीय आँधी आएपछि उडान र विद्यालयहरू बन्द गरेको मौसम विज्ञान सेवाहरूले जनाएका छन् ।

एलेनोर नामक आँधी स्थानीय समयानुसार बिहान ४ बजे मुलुकबाट करिब दुई सय किलोमिटर उत्तरपूर्वमा रहेको र २० किलोमिटर प्रतिघण्टाको वेगमा अगाडि बढिरहेको मौसम सेवाले जानकारी दिएको छ । 

एक बुलेटिनमा भनिएको छ, ‘प्रारम्भमा हावा करिब ४० किलोमिटर प्रतिघन्टाको गतिमा दक्षिणपूर्व जानेछ । यो दिउँसो एक सय १० किलोमिटर प्रतिघन्टासम्म पुग्नेछ र फेरि एक सय २० किलोमिटर प्रतिघन्टाभन्दा बढी हुनेछ ।’

मुलुकको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालकले हवाई सेवा बन्द हुने र राष्ट्रियवाहक एयर मरिससले बिहीबार बिहान प्रस्थानका लागि निर्धारित उडानहरू रद्द गर्ने बताएको छ । सार्वजनिक यातायात र विद्यालयहरू पनि बन्द गरिएको छ । 

आफ्नो सानदार सेतो बलौटे सामुद्रिक तटहरू र नीलो-हरियो पानीका लागि प्रसिद्ध दुर्गम टापु मरिसस कहिलेकाहीँ चक्रवातको मार्गमा पर्दछ । जनवरीमा उष्णकटिबन्धीय आँधी बेलालले एक व्यक्तिको ज्यान लिएको थियो र हजारौँ मानिसलाई विद्युत्विहीन बनाएको थियो । भवनहरूमा पानी भरिएका थिए भने यातायात प्रभावित बनेको थियो । 

प्रत्येक वर्ष नोभेम्बर-अप्रिलको मौसममा दक्षिण पश्चिम हिन्द महासागरमा करिब एक दर्जन आँधी वा चक्रवात आउँछन् । गत वर्ष फेब्रुअरीमा मरिससमा चक्रवात फ्रेडीका कारण भीषण वर्षा र आँधी आउँदा मलावी, मोजाम्बिक र मडगास्करलगायत सम्पूर्ण दक्षिण-पूर्वी अफ्रिकामा मृत्यु र विनाशको लहर निम्त्याएको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  १२ : ३६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको