पत्रकार शाक्य र गौतममाथि सुरक्षाकर्मीबाट दुर्व्यवहार « Khabarhub

पत्रकार शाक्य र गौतममाथि सुरक्षाकर्मीबाट दुर्व्यवहार


१० फाल्गुन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादक टेकमान शाक्य तथा पत्रकार सुनिता गौतममाथि सुरक्षाकर्मीले दुर्व्यवहार गरेको छ ।

समाचार सङ्कलनका क्रममा रहेका उनीहरूलाई कालिमाटी प्रहरी वृत्तबाट खटिएको सुरक्षाकर्मीको टोली ताहाचलमा दुर्व्यवहार गरेको हो ।

वैदेशिक रोजगार ठगीमा परेकाहरू दबाबका लागि ताहाचलस्थित वैदेशिक रोजगार विभागमा पुगेका बेला समाचार सङ्कलनका क्रममा पुगेका पत्रकार शाक्य र गौतममाथि प्रहरीले परिचयपत्र खोसेर दुर्व्यवहार गरेका थिए ।

सूचना विभागबाट जारी भएको प्रेस प्रतिनिधि प्रमाणपत्र देखाउँदा पनि प्रहरीले यस्तो कार्ड त पैसामा किनेर ल्याइदिन सक्ने भन्दै सुरक्षा कर्मीले धम्की दिँदै पत्रकारको परिचय कार्ड खोसेको उनीहरूको भनाइ छ ।

प्रहरीले उनीहरूलाई भ्यानमा हालेर कालीमाटी प्रहरी वृत्तमा लगेको र क्यामेरा, मोबाइल बन्द गर्न लगाएको बताइएको छ ।

कालीमाटी प्रहरी वृत्तका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीको कमाण्डमा सुरक्षा संयन्त्र खटिएको थियो ।

 

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  १ : १४ बजे

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा