गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधि सभा बैठक स्थगित « Khabarhub

गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधि सभा बैठक स्थगित


१० फाल्गुन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गणपूरक सङ्ख्या नपुगेपछि आजका लागि कार्यसूचीमा राखिएका विषयहरू हटाउँदै सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक सकिएको छ।

आजको बैठकमा ‘राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक, २०८० माथि विचार गरियोस’ भनी सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले प्रस्ताव पेस गरेकी थिइन् ।

सभामुख देवराज घिमिरेले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न लागेपछि गणपूरक सङ्ख्या नपुगेको भन्दै नेकपा एमालेका सांसद महेश बर्तौलाले नियमापत्ति जनाएका थिए ।

सांसदको नियमापत्तिपछि सभामुख घिमिरेले बैठकमा उपस्थित सदस्यको सङ्ख्या एकिन गर्न निर्देशन दिएका थिए ।

विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नका लागि प्रतिनिधि सभामा कायम रहेका सदस्यको एक चौथाइ ६९ हुनुपर्नेमा ६५ मात्रै पुगेपछि आजको बैठक स्थगित भएको हो ।

प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार ११ बजे बस्नेछ ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  १ : ५० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया