जनताका लागि काम गर्न नसक्दा व्यवस्थामाथि प्रश्न उठ्न थाल्यो : सांसद भण्डारी « Khabarhub

जनताका लागि काम गर्न नसक्दा व्यवस्थामाथि प्रश्न उठ्न थाल्यो : सांसद भण्डारी


१० फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं सांसद डा चन्द्र भण्डारीले जनताका लागि काम गर्न नसकेका कारण व्यवस्थामाथि प्रश्न उठ्न थालेको बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा भण्डारीले मुलुकमा अधिकारसम्पन्न संविधान बनेपनि तीनै तहका सरकारले जनताका लागि काम गर्न नसकेका कारण व्यवस्थामाथि प्रश्न उठ्न थालेको बताए। उनले सरकारका काम ठेक्कापट्टा र स्वार्थ पुरा गर्नेमात्रै नभएको जिकिर गरे ।

भण्डारीले गलत आर्थिक नीतिका कारण सीमित व्यक्तिका हातमा मुलुकको अर्थतन्त्र पुगेकाले देशको विकास हुन नसकेको धारणा राखे । सुरु गरेका विकास निर्माणहरु समयमा नै सम्पन्न हुन नसकेको, हेटौँडा सिमेन्ट उद्योगको प्रभावकारी सञ्चालन हुन नसकेको र किसानले मल, बीउ र बजारका लागि सधैँ माग गर्नुपरेको अवस्थाको अन्त्य गर्नुपर्ने उनले बताए ।

भण्डारीले कृषि क्षेत्रमा रहेको बिचौलियाको बिगबिगीलाई अन्त्य गर्दै यस क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार  १ : ४५ बजे

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर