जनताका लागि काम गर्न नसक्दा व्यवस्थामाथि प्रश्न उठ्न थाल्यो : सांसद भण्डारी « Khabarhub

जनताका लागि काम गर्न नसक्दा व्यवस्थामाथि प्रश्न उठ्न थाल्यो : सांसद भण्डारी


१० फाल्गुन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं सांसद डा चन्द्र भण्डारीले जनताका लागि काम गर्न नसकेका कारण व्यवस्थामाथि प्रश्न उठ्न थालेको बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा भण्डारीले मुलुकमा अधिकारसम्पन्न संविधान बनेपनि तीनै तहका सरकारले जनताका लागि काम गर्न नसकेका कारण व्यवस्थामाथि प्रश्न उठ्न थालेको बताए। उनले सरकारका काम ठेक्कापट्टा र स्वार्थ पुरा गर्नेमात्रै नभएको जिकिर गरे ।

भण्डारीले गलत आर्थिक नीतिका कारण सीमित व्यक्तिका हातमा मुलुकको अर्थतन्त्र पुगेकाले देशको विकास हुन नसकेको धारणा राखे । सुरु गरेका विकास निर्माणहरु समयमा नै सम्पन्न हुन नसकेको, हेटौँडा सिमेन्ट उद्योगको प्रभावकारी सञ्चालन हुन नसकेको र किसानले मल, बीउ र बजारका लागि सधैँ माग गर्नुपरेको अवस्थाको अन्त्य गर्नुपर्ने उनले बताए ।

भण्डारीले कृषि क्षेत्रमा रहेको बिचौलियाको बिगबिगीलाई अन्त्य गर्दै यस क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  १ : ४५ बजे

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल