बिहान आँखा माड्दै मोबाइल चलाउनुहुन्छ ? हुन सक्छन् यस्ता समस्या  « Khabarhub

बिहान आँखा माड्दै मोबाइल चलाउनुहुन्छ ? हुन सक्छन् यस्ता समस्या 


१० फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मोबाइल हरेकको हातमा छ । सस्तो होस् या महँगो मोबाइल अहिले मानिसको नजिकको साथी नै बनिसकेको छ । भननै पर्दा मोबाइलले खाना र सुत्न पनि बिर्स्याउन थालिसकेको छ ।

पछिल्लो समय मोबाइल नै छोरा छोरी परिवार र आफन्त पनि भएको छ । मोबाइल बिना मानिसहरू दिनै खल्लो जस्तो मान्ने गर्छन् । मोबाइल खाना खाँदा देखि ट्वाइलेटमा बस्दा सम्म चलाउने साधन बनिसकेको छ ।

राति अबेरसम्म र लामो समय मोबाइल फोन चलाउँदा स्वास्थ्यमा असर पर्छ भन्ने त हरेकलाई थाह छ तर पनि मोबाइल फोन चलाउन भने कम हुँदैन ।

बिहान उठ्ने बित्तिकै मोबाइल हेर्दा अनेक खालका नोटिफिकेशन देखिन्छ ।  उठ्ने बित्तिकै यस्ता विविध सूचनाको सम्पर्कमा आउँदा मान्छेमा तनावको भावना उत्पन्न हुन सक्छ । मोबाइलको स्क्रिनबाट निस्कने निलो प्रकाशले मेलाटोनिनको निर्माणमा बाधा उत्पन्न गर्छ ।

यसले गर्दा सुत्न, निदाउन कठिन हुन सक्छ । रात बेचैनी र छटपटीमा बित्ने सम्भावना हुन्छ । उठ्ने बित्तिकै लगातार फोन हेर्ने बानी एक खालको लत जस्तै हो । उठ्ने बित्तिकै तुरुन्तै फोन चेक गर्ने बानीले संज्ञानात्मक कार्य अर्थात् दिमागको काम गर्ने तरिकामा खलल उत्पन्न गराउँछ ।

रातभरि सुतेर उठ्दा आँखाले बाहिरको उज्यालोसँग तालमेल गर्ने कोसिस गरिरहेको हुन्छ । यस्तोमा बिहानको समयमा लामो समयसम्म चमकदार स्क्रिनलाई नियालिरहँदा यसले आँखामा दबाब सृजना गर्छ ।  यसको कारण टाउको दुख्ने, आँखा सुख्खा हुने समस्या देखिन सक्छ ।

मोबाइलको स्क्रिनले आँखामा आँसु आउने, धमिलो देखिने, टाउको दुख्ने, आँखा रातो हुने जस्ता समस्या देखिन्छन् । मोबाइलको लतले  कृत्रिम दुनियाँमा रमाउने बानी हुँदा वास्तविक जीवनसँग निराशा जाग्न सक्छ र डिप्रेसनमा जाने जोखिम हुने चिकित्सकहरू बताउँछन् ।

आत्मविश्वासमा कमी आउनु, कसैसँग आँखामा आँखा जुधाएर कुरा गर्न नसक्नु र अनिद्रा तथा माइग्रेनका समस्या पनि हुन सक्छ ।

 लामो समयसम्म सरीर झुकाएर च्याट गर्ने, म्यासेज पठाउने तथा गीत सुन्ने गर्दा त्यसले गर्धन तथा पिठ्यूँ दुख्ने समस्या उत्पन्न हुने चिकित्सकहरु बताउछन् ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार  ३ : ३३ बजे

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै

रेनशको शतकमा अस्ट्रेलिया बलियो अवस्थामा

काठमाडौं – म्याट रेनशको उत्कृष्ट शतकको मद्दतमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको

दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

पर्सा – नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च