सरकारले मुआब्जा नदिएको भन्दै पीडित आन्दोलित « Khabarhub

सरकारले मुआब्जा नदिएको भन्दै पीडित आन्दोलित


१० फाल्गुन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बारा– बाराको तामागढी सिम्रौनगढ हुलाकी सडक निर्माणको समयमा सरकारले घोषणा गरेको मुआब्जा हाल सम्म नपरेको भन्दै पीडितहरूले बिहीबार आन्दोलन गरेका छन् ।

पीडितहरूले सरकारलाई पटक पटक अनुरोध गर्दासमेत कुनै सुनुवाइ नभएको भन्दै तामागढी सिम्रोनगढ सहयोग तथा मुआब्जा संघर्ष समिति बाराले बिरोध गर्दै सडक बन्द गरेर आन्दोलन गरेका हुन् ।

तामागढीको प्रस्थान बिन्दुमा हुलाकी सडक बन्द गरेर उनीहरूको आन्दोलन गरिरहेका छन भने पूर्व पश्चिम लोकमार्गसमेत अवरुद्ध गर्न सक्ने भन्दै ठुलो मात्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

२०७८ चैत १८ गते निर्माण सम्पन्न भएको यस तामागढी-सिम्रौनगढ हुलाकी सडक भारत सरकारको अनुदान सहयोगमा निर्मित ३९.७५ किलोमीटर निर्माणको क्रममा सडक बिस्तारमा परेका घर र जग्गाको मुआब्जा दिने सरकारले निर्णय गरेको थियो।

तर, सरकारले निर्माण सम्पन्न भएको तीन बर्ष बितिसक्दा समेत मुआब्जा नदिएपछि उनीहरू आन्दोलित भएका हुन् । आन्दोलनमा कोल्हवी नगरपालिका, सिम्रौनगढ नगरपालिका, आदर्श कोतवाल गाउँपालिका र बारागढी गाउँपालिकाका पीडित सहभागी रहेका छन् ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  २ : २३ बजे

सिँचाइ र नदी नियन्त्रणमा गति : मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई

पक्राउ परेका सबै पत्रकार रिहा

काठमाडौं – समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा भएका

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक