रुस–युक्रेन युद्धमा नेपाली युवकको मृत्यु  « Khabarhub

रुस–युक्रेन युद्धमा नेपाली युवकको मृत्यु 


१० फाल्गुन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


19.4k
Shares
  • change font
  • change font
  • change font

गण्डकी– रुसी फौजमा कार्यरत बागलुङको ताराखोला गाउँपालिका–२ सिलेका जितबहादुर विकको मृत्यु भएको छ । युक्रेनविरुद्धको लडाइँमा ३६ वर्षीय विकको ज्यान गएको उनका साढुभाइ सनबहादुर विकले जानकारी दिए।

गत माघ २० गते निधन भए पनि परिवारजनलाई बुधबार मात्र जानकारी आएको उनको भनाइ छ । पर्यटक भिसामा गत असोज ११ गते रुस पुगेका विकपछि रुसी फौजमा भर्ना भएको सनबहादुरले बताए ।

‘रुस लैजाने एजेन्टमार्फत मृत्युको खबर आएको हो, मृत्यु पुष्टि गर्ने अस्पतालको कागजात पनि परिवारलाई प्राप्त भएको छ’, उनले भने, ‘थप जानकारी लिन परराष्ट्र मन्त्रालयलगायत निकायमा बुझ्दैछौँ ।’

मृत्यु भएको पुष्टि भएपछि परिवारजनले बुधबार गाउँमै कुशको शव बनाएर विकको अन्त्येष्टि गरेको सनबहादुरले जानकारी दिए । ताराखोला–२ का वडाध्यक्ष भद्र घर्तीले पोर्चुगलमा रहेका विकका भाइको फोनमार्फत घरमा मृत्युको खबर आएको बताए। 

‘रुसी सेनामा भर्ना भएको तस्वीर उहाँले नै सार्वजनिक गर्नुभएको थियो, परिवारलाई पनि आफू लडाइँमा जान लागेको बताउनुभएको रहेछ’, वडाध्यक्ष घर्तीले भने, ‘उहाँको निधनको खबरले गाउँमा शोक छाएको छ, परिवारको बिचल्ली भएको छ ।’

विक यसअघि गाउँमै गाडी चालक रहेको उनका साढुभाइ सनबहादुरले बताए। वैदेशिक रोजगारीका लागि केही वर्षअघि बिक साउदी र कतारमा पनि पुगेका थिए । विकका श्रीमती, दुई छोरी र एक छोरा छन् । 

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  २ : ४४ बजे

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच